१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

माइन्डफुलनेस ध्यान कत्तिको लाभकारी ? 


प्रकाशित: बुधबार, ९ जेठ २०७५, २१ः४५ बजे
- बिजयकृष्ण श्रेष्ठ

काठमाडौं । आफ्नो स्वासप्रति होशपूर्ण रहनु विपश्यना ध्यानको पहिलो कडी हो । यसैको आधारमा माइन्डफुलनेस मेडिटेसनका अनेक विधिहरु व्यापक प्रचार र प्रयोगमा छ । यसले मानसिक स्वास्थ्य ठीक पार्छ, तनावपूर्ण जीवनबाट शान्ति मिल्छ भन्ने कुरा बहु–प्रचारित छ । अनि यो करोडौँको व्यवसाय पनि बनेको छ । तर के यो कुरा कतिसम्म सही हो त ? ब्रुस लिबरम्यान नोअबल म्यागजिनमा लेख्छन्ः


सन् १९७१ को अन्ततिर अमेरिकी नौसेनाका एक जना भेटरान सैनिक स्तिफन इस्लास भियतनामबाट फक्र्यो । तर उनको दिमागमा युद्ध रिँगदै थियो । “म मानसिक र भावनात्मक रूपमा यत्तिको बिग्रिएको थिएँ कि मैले आत्महत्या गर्नका लागि पनि सोचिसकेको थिएँ ।”–  इस्लास सम्झन्छ। कलेजको एक जना साथीले उसलाई ध्यान सिक्नका लागि भन्यो । उसलाई त्यत्तिको विश्वास लागेको त थिएन । तर साथीको सुझाव मानेर उसले ध्यान सिक्यो र त्यसको अभ्यास ग¥यो । सन् २००० मा आएर युद्ध भेटरानहरूको एक भेला पछि उसलाई मानसिक स्वास्थ्य परीक्षण गरियो । उसलाई पोस्ट ट्रमाटिक स्टे«स डिसअर्डर (पिटिएसडी) भएको पत्ता लाग्यो । उसको मानसिक अवस्था त्यो बेला पनि दुरुस्त थिएन । तर ऊ मान्दछ कि ध्यानले नै उसको जीवन जोगायो । ध्यानको बेला उसले महसुस गरेको शान्त र सुरम्यता ऊ सम्झन्छ ।

 
पिटिएसडि भएका युद्ध भेटरानहरुका लागि अहिले पनि विभिन्न खालका ध्यानहरू नियमित रूपमा गर्ने गराइएको छ । तनाव, चिन्ता, डिप्रेसन, लागू र मादक पदार्थ सेवक, लामो समयदेखि शरीरमा पीडा भएकाहरुलाई पनि ध्यान सिकाई ध्यानमा राख्ने गरिएको छ । यति मात्र होइन अहिले ध्यानको  विषय विद्यालयका कक्षाहरु, व्यावसायिक प्रतिष्ठानहरु, खेलकुदका लकर कोठाहरु र विभिन्न एपको माध्यमबाट स्मार्टफोनमा पनि पुगेको छ । 
यसमा अहिले माइन्डफुलनेस मेडिटेसन चलेको छ । यसले वर्तमान अवस्थामा आफ्नो होश राख्ने अभ्यास गराउँछ । केही दशक यता मनोवैज्ञानिकहरु र न्युरोवैज्ञानिकहरुले पनि यस बारे अनुसन्धाथालेका छन् । उनीहरु भन्दछन्– ध्यानले आराम प्रदान गर्छ, तनाव घटाउँछ र कतिपय अवस्थामा औषधीमाथिको निर्भरता समेत हटाउँछ । माइन्डफुलनेस बेस्ड कोग्निटिभ थेरापी अर्थात् होशपूर्ण रहने ध्यानका साथ बुझाउने काइदा वा साइकोथेरापीको प्रयोग गर्दा मानिसहरुमा आत्महत्या गर्न प्रोत्साहित गर्ने खालका विचारहरु हराए । 


तर यो कुरा भन्न अहिलेसम्म गाह्रो छ कि ध्यानले मानिसको दिमागले काम गर्ने तरिका बदल्छ वा बदल्दैन । यो बारेमा अनुुसन्धान भने अहिलेसम्म नौलो नै छ ।

 
सन् २०१० मा गरिएको एक अनुसन्धानमा २२५० मानिसहरुलाई सोधपुछ गरिएको थियो । यसमा यो पत्ता लाग्यो कि मानिसहरुको मन यता उता डोलायमान भइरहन्छ । तर ध्यान गरे पछि मानिसहरुको मनमा उत्पत्ति हुने अनावश्यक विचारहरु हराए । यसले मनमा एकाग्रता पनि ल्याउँछ ।

 
अमेरिकी मनोविज्ञानविद् जान क्रसवेलले सन् २००३ मा एनुयल रिभ्यु अफ साइकोलोजीमा विभिन्न अनुसन्धानहरुको हवाला दिँदै लेखे– मानिसहरुको मानसिक शान्तिको सम्बन्ध उनीहरुको दैनन्दिन जीवनयापनको शैलीमा निर्भर गर्छ । क्रसवेलले ध्यानको धार्मिक र वैज्ञानिक पक्षहरुलाई राम्ररी बुझेका छन् । ध्यान बस्दा कमर सीधा राख्नुपर्छ, यसले अलिक गाह्रो त हुन्छ, तर मानसिक शान्ति मिल्दछ ।

 
मान्छेहरुले नयाँ नयाँ सीप सिकेपछि दिमाग पनि त्यही हिसाबले बदलन्छ । यसमा केही नर्भस् अर्थात् तन्त्रिकाहरुसँग सम्बन्ध हुन्छ । तर ध्यान बसेपछि के कस्तो स्थायी परिवर्तन आउँछ, त्यो भन्न सकिएको छैन । जर्मनीका अनुसन्धाता ब्रेट्टा हलजल र अमेरिकी अनुसन्धाता सारा लेजरले चाहिँ ध्यानले मानिसहरुको स्मरण शक्ति दुरुस्त राख्न र राम्रो बनाउन मद्दत गर्ने कुरा बताएका छन् ।

 
प्राध्यापक किंगले चाहिँ पोस्ट ट्रमाटिक स्ट्रेस डिस्अर्डर भएकाहरुका लागि ध्यान सहयोगी सिद्ध हुन्छ, तर यो औषधीकै विकल्प भने होइन भनेर भनेका छन् । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex