१४ बैशाख २०८१, शुक्रबार
Header

माइतीघरमा भ्रष्टाचारविरुद्ध कस्ता कस्ता नारा लागे ? (फोटो फिचर)


प्रकाशित: शनिवार, ३० बैशाख २०८०, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । शनिवार माइतीघर मण्डलमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिएको छ ।


विहान ११ बजे ह्यासट्याग युनाइट अगेनष्ट करप्सन प्लेकार्ड बोकेर मण्डलामा भ्रष्टारचार विरुद्ध नारावाजी गरिएको हो । 

 


प्रदर्शनमा उत्रेकाहरुले ‘कुरा सिधै प्रष्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ’, ‘भन्नेछौं हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार’, ‘टोपबहादुर कि टापबहादुर’, सरकार ‘ठूलो माछा पकडी, लगा छिटो हत्कडी’, ‘करोडौं पर्ने महल तिमीलाई कसले किन्दियो?’ लगायतका नाराहरू लगाएका थिए । 


प्रदर्शनमा गीत संगीतको माध्यमबाट पनि भ्रष्टारविरुद्ध प्रस्तुती दिइएको थियो । 

 


प्छिल्लो नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचारमा हाई प्रोफाईलका व्यक्तिहरु समातिएपछि सडक, संसद सबै ठाउँमा यसको विरोध हुन थालेको छ । 


प्रहरीले यस घटनामा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत १२ जनालाई पक्राउ गरिसकेको छ भने एमालेले भर्खरै निलम्बन गरेका टोपबहादुर रायमाझी फरार छन । 

 


आजको प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ, स्वास्थ्य अभियान्ता डा. गोविन्द केसी लगायत उपस्थित छन ।


यसैविच नक्सालको नारायणचोरमा पनि विभिन्न राजनीतिक दलका नेताहरु भ्रष्टारविरुद्ध प्रदर्शनमा उत्रेका थिए । 

 


समाजवादी नेता डा. बाबुराम भट्टराई, हिसिला यमी, रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरुको सहभागिता रहेको थियो । 



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD