काठमाडौं । निषेधित क्षेत्र माइतिघर मण्डलामा राखिएको ब्यानर जलाउन प्रयास गरिएको छ ।
शुक्रवार न्यायको माग राखी लामो समयदेखि आन्दोलनरत मृतक आरती साहका दाई प्रेम साहले ले सो ब्यानर जलाउने प्रयास गरेका थिए ।
उनले सो क्षेत्रमा धर्ना र प्रदर्शन गर्न नदिएको भन्दै उक्त ब्यानर जलाउने प्रयास गरेका हुन । प्रहरीले उनीसँगै तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले मण्डलालगायत विभिन्न क्षेत्रमा निषेधित गरेपछि माइती घर मण्डलाबाट आन्दोलनरतहरुलाई हटाएको छ ।
तर विभिन्न समयमा सो क्षेत्रमा निषेधित क्षेत्र मुक्त गर्नु पर्ने माग गर्दै मानवअधिकार लगायत विभिन्न संघ, संस्थाले प्रदर्शन गर्दै आएको छ ।
त्यहाँ बाट हटाएकाहरु यस अघि शान्तिबाटिकामा बस्दै आएपनि काठमाडौं महानगर प्रहरीले हटाएको छ ।
Categorized in समाज