२२ बैशाख २०८१, शनिबार
Header

माइतीघरदेखि बानेश्वरसम्मको निषेधाज्ञा हटाइयो


प्रकाशित: शुक्रवार, ३० चैत्र २०८०, २१ः२० बजे 
- महानगरखबर

काठमाडौं । सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको जनाएका छन । 


शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक विज्ञप्ती जारी गरी २०८१ बैशाख १ गतेदेखि माईतीघर मण्डलादेखि बानेश्वर (कृष्ण टवार) सम्मको क्षेत्रमा गरिएको निषेधाज्ञा हटाएको हो ।


काठमाडौं जिल्लाका विभिन्न स्थानलाई तोकेर निषेध आदेश जारी भएकोमा हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति, काठमाडौंको मिति २०८०/ १२/ ३० को सिफारिस अनुसार माइतीघर मण्डलदेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई भोली बैशाख १ गते देखि उक्त निषेध आदेश कायम नरहने व्यहोराको सुचना जारी गरेको छ ।

 
यस अघि काठमाडौं प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम मिति २०८०/११/०४ मा २ (दुई) महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गर्ने गरी निषेधाज्ञा गरेको थियो ।

 
विज्ञप्ती हेर्नुहोसः 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD