१४ बैशाख २०८१, शुक्रबार
Header

महोत्तरीमा ५० जनामा देखिएको एचआईभी, पुरुष ३१, महिला १९ जना


प्रकाशित: मंगलवार, १८ मंसिर २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल परिवारजन नियोजन संघले हालै जारी गरेको तथ्यांकमा महोत्तरी जिल्लामा एचआईभी संक्रमितको संख्या ५० पुगेको छ । 


संघका अनुसार ५० जनामा ३१ जना पुरुष रहेका छन भने १९ जना महिला छन् । 


एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घले सो तथ्याङ्क हालै सार्वजनिक गरेको हो । 


सन २००७ देखि एचआइभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको सो परियोजनाले रक्तपरीक्षणका क्रममा सङ्क्रमित पहिचान खुलेको परियोजनाका प्रमुख धिरज पौडेलले जानकारी दिए । 


सन २०१३ को प्रारम्भदेखि यस वर्षको सेप्टेम्बरसम्म एचआइभी जाँचका लागि रक्तपरीक्षण गर्न सेवाग्राहीबाट सो संख्या खुलेको हो । 


बैदेशिक रोजागरीबाट फर्केका युवाहरुमै सङ्क्रमित देखियो । संक्रमित भएका ३१ युवाहरु वैदेशिक रोजगारबाट फर्केको पाइएको छ । 


संघका अनुसार विशेष गरी मेलेसिया र भारतमा श्रमको लागि जाने युवाहरुमा देखिएको छ ।


यसैबीच स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सामाजिक सङ्घसंस्थाले विदेशबाट फर्कनेलाई विमानस्थल र दुई देशीय सीमाक्षेत्रमा अनिवार्य एचआइभी परीक्षण गरेर मात्र प्रवेशको व्यवस्था गर्न सरकारसँग माग गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD