काठमाडौं । व्यापारी मनोज चौधरीलाई महोत्तरीमा हतियार देखाई लुटपाट गर्ने ४ जना लुटेरालाई प्रहरीले पक्राउ गरको छ ।
पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–८ का १७ वर्षीय कुमार लामा, महोत्तरीको गौशाला नगरपालिका–११ का १८ वर्षीय विवेक श्रेष्ठ, १६ वर्षीय सुरेश महतो तथा सोनमा गाउँपालिका–११ का ३० वर्षीय रामभरोसकुमार यादव रहेको प्रहरीले जनाएको छ ।
लुटेराले मनरासिस्वा नगरपालिका–२ इटहर्वाका व्यापारी चौधरीसँग रहेको रु पाँच लाख लुटेका थिए । चौधरीलाई उनीहरुले गौशाला नगरपालिका–८ स्थित मरहा खोला नजिक पेस्तोल देखाउँदै नगद लुटेर उनीहरु भागेका थिए ।
पर्सा प्रहरी चौकीले चारै जनालाई मंगलबार पक्राउ गरेको हो । प्रहरीले उनीहहरुबाट बा२३प ४६०४ नं को पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ ।
Categorized in समाज