४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

महेन्द्रनगरमा अनिश्चिकालिन कर्फ्यू


प्रकाशित: शुक्रबार, ८ भाद्र २०७५, २०ः२६ बजे
- महानगरखबर

काठमाडौं । शुक्रवार भएको प्रदर्शनमा प्रहरीको गोली लागि १४ बर्षिय बालक चेतन भट्टको मृत्यु भएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू जारी गरिएको छ । 


आज साँझ ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कफ्र्यू लगाएको हो । प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सूचना जारी गरी कर्फ्यूको समयमा बाहिर ननिस्कन आग्रह गरेका छन ।


निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनले उग्र रुप लिएपछि कफ्र्यू लगाइएको प्रशासनले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex