११ भाद्र २०८३, बिहिबार
Header

महिला हिंसाविरुद्ध काठमाडौमा मार्चपास(फोटोफिचर)


प्रकाशित: शुक्रवार, २९ माघ २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा काठमाडौंमा शुक्रवार महिला मार्च गरिएको छ ।


महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा काठमाडौंको बसन्तपुरबाट सुरु भएको मार्चपास रत्नपार्क हुँदै सिंहदरबारतर्फ पुगेर सभामा परिणत भएको थियो । 


विरोध र्‍यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै महिला अधिकारकर्मीहरुले आक्रोश व्यक्त गरेका थिए । 


‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ नामको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरूले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेका छन ।


आन्दोलनकारीले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायतलाई न्यायको माग गरेका छन । 



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर

 

 

 

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex