काठमाडौं । उद्दार र पुनर्वासको क्रममा मनोरन्जन क्षेत्रलाई सकारात्मक मनोबृति बनाउने बिषयमा महिला सेल, सामुदायिक प्रहरी र अग्रलाईन निकायसँग विश्वास नेपालले समन्वय बेठक सम्पन्न गरेको छ ।
विश्वास नेपालमा एक्प्याट लक्जम्बर्गको आर्थिक सहयोगमा संचालन भइरहेको अप्सरा–२ परियोजना अन्तर्गत भएको सो समन्वय बैठक गत जेठ ४ गते काठमाडौस्थित युनियन हाउस अनामनगरमा प्रहरी महिला सेल, सामुदायिक प्रहरी र अनलाईन निकायका प्रतिनिधिहरुविच संचालन भएको थियो ।
गौशाला सामुदायिक प्रहरी वृत्तका प्रहरी दिपक के.सी., सेलार्डका शोभा पौडेल, गोंगबु सामुदायिक प्रहरी वृत्तका दीपेन्द्र मल्ल, कानुनी सहायता तथा परामर्श केन्द्र (ल्याक) का प्रतिनिधिस साथै कालीमाटी, रानीपोखरी र तिनकुने स्थित महिला सेलहरुका प्रतिनिधिहरु सँग उद्दार र पुनर्वासको क्रममा मनोरन्जन क्षेत्रलाई सकारात्मक मनोवृत्ति बनाउने बिषयमा छलफल भएको थियो ।
सो बैठकमा कार्यक्रम संचालिका विश्वास नेपालका कार्यकारी निर्देशक श्री बालकुमारी आलेले संस्था तथा संस्थाका उद्देश्यहरु बारे जानकारी दिनुभएको थियो । साथै उहाँले मनोरंजन क्षेत्रमा कार्यरत बालबालिकाहरुको उद्दार र पुनर्वासको अवस्था, घटनाहरु, र अनुभवहरुको चर्चा गर्नुभएको थियो ।
उहाँले भन्नुभयो,‘ यो सरकार र साथसाथै नागरिक समाज समूह, गैर सरकारी संस्थाहरु र सरोकारवालाहरुको को लागि पनि अस्पष्ट र चुनौतीपूर्ण कार्य हो्र” उहाँले उद्दार तथा पुनर्वासका चुनौतिपूर्ण पक्षहरु लामो अवधि तथा व्यवस्थित पुनर्वास केन्द्रहरुको कमी, उद्दार तथा पुनर्वाससँग सम्बन्धित कानुनि ज्ञानको अभाव र त्यसका अस्पष्ट परिभाषा साथै गैरसरकारी संघ–संस्थासंग पुनस्र्थापना तथा उद्दार सँग सम्बन्धित काम गर्न मौलिक अधिकार नभएको समेत बताउनुभयो ।
त्यसैगरी अप्सरा–२ परियोजनाका संयोजक प्रशुराम चौधरी उद्दार तथा पुनर्वास प्रक्रिया र त्यसका चुनौतिपूर्ण कार्य बारे प्रस्तुतिकरण दिनुभयो । त्यसैमा उनले विगत ८ वर्षदेखि विश्वास नेपालले श्रमिक महिलाहरुको पुनस्र्थापना तथा उनीहरुलाई उनीहरुको कार्यक्षेत्रबाट स्वैच्छिक रूपले निस्किन प्रोत्शाहन गर्ने उद्देश्यले काम गर्दै आएको उल्लेख गर्नुभयो ।
अग्रलाईन निकायका अभियुक्तहरु जस्तै ः महिला सेल तथा कानुनी संघ – संस्था जससँग हिंसा र शोषणसंग सम्बन्धित आपत्कालिन केसहरुलाई उद्दार तथा पुनस्र्थापना गराउने अधिकार छ, उनीहरुसँग समन्वय तथा सहकार्य गर्ने उद्देश्यमा संचालन गरिएको उक्त कार्यक्रममा करिब १५ जना सहभागीहरु थिए भने ती सहभागीहरुले सरकार र गैर सरकारी संगठनसँग हिंसाका कुनैपनि घटनाहरुलाई कम गर्ने सेवासुविधा नभएको र उद्दार तथा पुनस्र्थापनाको लागि सहज पद्दति अपनाउनुपर्छ भन्ने बारे खुल्ला छलफल गरे ।
गौशाला सामुदायिक प्रहरी वृत्तका प्रहरी दिपक के.सी. का अनुसार सरकारी निकाय र अग्रलाइन निकायका अभियुक्तहरुबीच उचित समन्वयको कमीका कारण उद्दार गर्ने कार्य गर्न नसकेको हो तथापि, यो सरकार र सभ्य समाजको महत्वपूर्ण दायित्व हो भन्ने उहाँले बताउनुभयो । साथै उहाँले बालबालिकाको सुरक्षा र हकअधिकारको लागि पुनस्र्थापना केन्द्र र प्रहरीहरुबीच उचित समन्वय हुनुपर्ने बताउनभुयो ।
त्यसैगरी सेलार्डका वकिल शोभा पौडेलले सुरक्षित आवास अथवा पुनस्र्थापना केन्द्रमा बालबालिकाहरुलाई धेरै भन्दा धेरै ६ महिना अथवा १ वर्षसम्म मात्रै राख्ने भएकोले बीचमा ति बालबालिकाहरुको बिचल्ली हुन सक्ने र साथै उनीहरु पुनः आफ्नो पहिलेकै कार्यक्षेत्रमा फर्किन सक्ने सम्भावनाको बारेमा बताउनुभयो । त्यसकारण सरकारसँग लामो अवधिसम्म बस्न मिल्ने पुनस्र्थापना गृह हुनुपर्यो, जहाँ बालबालिकाहरु सुरक्षित र पिडामुक्त रहन सकुन भनेर उनले थप्नुभयो । सम्बन्धित निकायका महिला सेलहरुको प्रतिनिधिहरुका अनुसार, बालबालिकाहरुको यस क्षेत्रमा सजिलै सँग आम्दानि हुने र उनीहरुको चाहना साहुहरुले पूरा गरिदिने भएकोले उनीहरु यो क्षेत्र छोड्न चाहदैनन अथवा छोडेपनि पुनः त्यहिं फर्कन्छन भन्ने बताए ।
गोंगबु सामुदायिक प्रहरी वृत्तका प्रहरी दिपेन्द्र मल्लका अनुसार मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिकहरुको साहु र ग्राहकहरुले उनीहरुको इच्छा पूरा नभए ति श्रमिकहरुलाई डराउने– धम्काउने गर्दछन् साथै कतिपय ग्राहकहरुले ती श्रमिक महिलाहरुलाई अपशब्द बोल्ने, गालिगलौच गर्ने र नराम्रो प्रस्तावहरु पेश गर्न र उनीहरुको शोषण गर्ने” पाइएको बताए दिपेन्द्र मल्लले बताए ।
त्यसैगरी कानुनी सहायता तथा परामर्श केन्द्र (ल्याक) का प्रतिनिधिले उद्दार तथा पुनस्र्थापनाको कागजातहरु सरकारले नै तयार गरिदिनुपर्ने र अनलाइन निकायका अभियुक्तहरुलाई स्थानीय समस्याहरु बारे सचेत बनाउन जरुरी रहेको र साथै दोषीलाई पक्राउ गर्दा चाहिने कागजातहरुको व्यवस्था पनि सरकारले गरिदिनुपर्ने बताए । करिब ४ घण्टासम्म चलेको उक्त कार्यक्रममा सहभागीहरुको अन्य थुप्रै कुराहरु खुले र विश्वास नेपालले जुन उद्द्देश्य बोकेर सो कार्यक्रम संचालन गरेको थियो, त्यो उद्देश्य पूरा भएको पाइयो, र आगामी दिनहरुमा पनि यसरी नै विभिन्न कार्यक्रमहरु अघि बढाउदै लाने प्रतिवद्दता विश्वास नेपालले व्यक्त गरेको छ्र ।
Categorized in समाज