७ भाद्र २०८३, आइतबार
Header

महिला सम्बन्धी कानून सम्बन्धी अभिमुखीकरण सम्पन्न


प्रकाशित: २०७५ असोज ६ 
- करुण

महिला सशक्तिकरणका लागी भन्दै काठमाडौंमा ‘संघीयतामा महिला सम्बन्धी कानूनी व्यवस्था’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गत भाद्र १ गतेबाट देशमा नयाँ मूलुकी संहिता लागू भइसकेको अवस्थामा महिला सम्बन्धी नयाँ कानूनी व्यवस्था सम्बन्धमा राजोपाध्याय समाजले शनिबार अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।


कार्यक्रममा अधिवक्ता रमेशकाजी श्रेष्ठले सहभागीहरुलाई हालको कानूनमा महिलासँग सम्बन्धित कानूनी व्यवस्थाको बारेमा जानकारी गराउनुभयो । अधिवक्ता श्रेष्ठले वर्तमान कानूनमा पारपाचुके अथवा पुरुषको बहुविवाहको अवस्थामा अंश, नागरिकता, राज्यका विभिन्न निकायमा समावेशी सहभागीता लगायतका विषयमा जानकारी गराउनुभयो ।


श्रेष्ठले गत भाद्र १ गतेबाट जारी नयाँ मुलुकी संहितापछि महिलाले पाएको अधिकार वा सुविधा र विगतको व्यवस्थाको बारेमा तुलनात्मक जानकारी पनि दिनुभयो । 


कानूनको बारे सम्पूर्ण रुपमा कोही जानकार नहुने तर आधारभूत ज्ञान भने हुनुपर्ने अधिवक्ता श्रेष्ठले बताउनुभयो । ‘कानूनको पूर्ण ज्ञान कसैमा हुँदैन । तर के गर्नुहुन्छ, के हुन्न भनेर आधारभूत ज्ञान सबैले राख्नुपर्छ । कानूनले अपराध तोकेका विषयमा जानकारी छैन भनेर पाइन्न ।’ श्रेष्ठको भनाई थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex