५ जेठ २०८२, आइतबार
Header

महिला राइडर डे को अवसरमा काठमडौंमा सम्पदा राइड


प्रकाशित: आइतवार, २१ बैशाख २०८२, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । अन्तर्राष्ट्रिय महिला राइडर डे २०२५ को अवसरमा दुई पाङ्ग्रे क्वीन्स नामक सामाजिक सञ्जाल समूहले ‘राइड ट हेरिटेज साइट्स’ (Ride to Heritage sites) नामक कार्यक्रम गरेको छ ।


शनिवार सो समूहले काठमाडौं सोह््‌खुट्टेस्थित लण्डन फेसन हाउसबाट सुरु भएको राइड विभिन्न स्थान हुँदै धुमबाराही पुगेर समाप्त भएको थियो ।


उपत्यका भित्रका काठमाण्डौ, ललितपुर र भक्तपुरमा रहेका ओझेलमा परेका विविध सांस्कृतिक सम्पदा हरुको भ्रमण गरिएको हो ।


नेपालका लुकेर रहेका संस्कृतिहरुको उजागर गर्नु र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई नेपाली कला संस्कृतिहरु बारे जानकारी यस राइडको मुख्य उदेश्य भएको आयोजनकले बताएको छ ।


‘राइड टु हेरिटेज साइट्स’ कार्यक्रममा दुई पाङ्ग्रे क्वीन्सका तर्फबाट करिब २५ जना महिला मोटरसाइकल चालकको सहभागि थिए । उनीहरुले सारी, नेवारी पोशाक लगायत विभिन्न सांस्कृतिक भेषभुषामा सजिएर राइड गरेका थिए ।


उनीहरुले कीर्तिपुरमा अवस्थित बाघभैरव, उमा महेश्वर मन्दिर, ललितपुरको थेचोमा अवस्थित ब्रहमायनी मन्दिर, सिद्धिपुरको कलात्मक सिर्जना हरुको अवलोकन पनि गरिएको थियो ।


राइडहरुले नेवारी समुदायका महिलाहरू द्वारा संचालित रेस्टुरेन्ट नेवा फाल्चा थसी मा दिवा खाना खाइ विविध सम्पदाहरुको स्थलगत भ्रमण गरेका थिए ।


कार्यक्रममार्फत दुई पाङ्ग्रे क्वीन्स लेडी राइडर्स समुदायले धुमबाराहीस्थित पासाङ ल्हामु स्पोट्र्स क्लाइम्विङ्ग सेन्टरमा अभ्यासरत खेलाडीहरुलाई आर्थिक सहयोग पनि गरेको थियो ।


कार्यक्रममा सहयोगीको भुमिका निर्वाह गरेकी दुवै मोहडाबाट सगरमाथाको सफल आरोहण गरी वर्ल्ड बुक अफ गिनिज रेकर्ड राख्न सफल पहिलो नेपाली महिला पत्रकार कल्पना महर्जनले कार्यक्रम भव्यताका साथ सफल भएको र आफू कार्यक्रममा संलग्न हुन पाउँदा खुसी लागेको बताइन् ।


यस्तै मिसेस नेपाल युनिभर्स २०१८ की विजेता तथा लण्डन फेसन हाउस र टुडेज वुमनको प्रेसिडेन्ट मनिषा डंगोल श्रेष्ठ लगायतको सहभागिता रहको थियो ।


दुई पाङ्ग्रे क्वीन्सकी संयोजक तुलसा पहाडीले यसैगरी सबैको सहयोग भएमा आगामी दिनहरुमा पनि यस किसिमका अझै प्रभावकारी कार्यक्रमहरू गर्दै जाने बताइन ।

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex