२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

महिला फुटवल प्रतियोगितमा एपीएफ बने च्याम्पियन


प्रकाशित: आइतवार, १० चैत्र २०८१, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधी सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । 


चितवन जिल्ला फुटबल संघ को आयोजनामा आयोजित सो प्रतियोगितामा भरतपुरको कृष्णपुर खेल मैदानमा भएको खेलमा  बिभागिय प्रतिद्वन्दी त्रिभुवन आर्मी कल्बलाई टाइब्रेकरमा ४–२ ले हराएर एपीएफ च्याम्पियन बनेका हो ।  


सुरुवाती अग्रता आर्मिले गरेको थियो भने ७५ मिनेटमा रश्मिकुमारी घिसिङले हेडर गोल गर्दै बराबरिमा खेल फर्काउन सफल भएको थियो । खेलको १३औ मिनेटमा आर्मीकि बिमला चौधरीले गोल गरेकी थिइन।निर्धारित समयसम्म १–१को बराबरी भएको खेल टाइब्रेकरमा गएको हो । 


बिजेता एपीएफले तीन लाखसहित ट्रफी उचाल्यो भने आर्मीले १ लाख ५०हजर प्राप्त गरेको थियो । प्लेयर अफ द म्याच एपीएफकि पिर्ती राईले १० हजार प्राप्त गरेकी थिइन। 


त्यसैगरी, आर्मी की चन्द्रा भणडारीले४० हजार प्राप्त गरि प्रतियोगिताको प्लेयर अफ टुर्नामेन्ट भइन ।


भरतपुर महानगरपालिकाको मुख्य प्रायोजन र चितवन जिल्ला फुटबल संघ द्धारा आयोजित राष्ट्रिय महिला फुटबल प्रतियोगिताको  उद्घाटन र समापन नगर प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यामा सम्पन्न भएको छ ।

 

23  March 2025, Sunday

asteriskhubs
Home Page Bottom Second


maharjan complex