७ बैशाख २०८१, शुक्रबार
Header

महिन्द्राको इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक 


प्रकाशित: मंगलवार, ९ कातिक २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो लिथियम आइओन भएको इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेको छ । 


काठमाडौंमा मंगलवार उर्जामन्त्री पम्पा भूसालको उपस्थितीमा उक्त अटो सार्वजनिक गरिएको हो । 


महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन मिश्रले शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्दै आएकाले थ्री ह्विलर अटा सार्वजनिक गर्ने सही समय भएको बताए ।
महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट ८ लाख ४० हजार रुपैयाँ मूल्य तोकेको छ ।


महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीका अनुसार तराईका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ । 


ट्रियोमा २,०७३ मिलिमिटर व्हीलबेसका साथै जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको कम्पनीले जनाएको छ ।


यो सवारी साधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक रहेको कम्पनीले जनाएको छ । पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी दिने कम्पनीले जनाएको छ ।
 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD