२६ बैशाख २०८१, बुधबार
Header

महासमिति बैठकः गठबन्धनको पक्षमा सभापति देउवा, महामन्त्री थापा गठबन्धन गर्न नहुने अडानमा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महासमिति बैठकको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन । 


सोमवार ललितपुरको गोदावारीमा शुरु भएको महासमिति बैठकमा सभापति देउवा गठबन्धनको पक्षमा देखिएका छन । 


उनले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुने बताउँदै अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प नभएको भने । 


उनले वर्तमान गठबन्धनलाई निरन्तरता दिनु कांग्रेसको राजनीतिक जिम्मेवारी हुने पनि जिकिर समेत गरेका छन ।


उनले भने,‘अहिले हामी गठबन्धनको अभ्यासमा छौं। गठबन्धन सरकार बनाउनका लागि १० महिनाअघि मात्र बनेको हैन ।  प्रतिनिधि सभा विघटन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम भएपछि यसको रक्षाका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको हो ।’


कांग्रेस जनताले आशा भरोसा गरेको पार्टी भएकाले जनताको विश्वासलाई खण्डित गर्न नहुने उनको भनाइ छ ।


‘अहिले पार्टी ठूलो बनेको छ। संगठन बलियो छ। जनताको आशा भरोसा कांग्रेसप्रति छ। कांग्रेसले विश्वासलाई खण्डित हुन दिनु हुँदैन,’ उनले भने । 


महामन्त्री गगन थापाले महासमिति बैठकमा सांगठनिक प्रस्तावमा अबको चुनावमा कांग्रेसले गठबन्धन गर्न नहुने कुरा उल्लेख छ ।


प्रस्तावमा रहेको यो कुरा हटाउन देउवाले अडान राखेर निरन्तर छलफल गरिरहेका छन । 


गठबन्धन गर्न नहुने अडान राख्दै प्रतिवेदन पेश गर्ने भएपछि सभापति देउवा अप्ठेरोमा परेको छ । 


यस विषयमा सभापति देउवा र महामन्त्री थापाविच विभिन्न चरणमा छलफल भएपनि ठोस सहमित बन्न सकेको छैन । 


मंगलबार बिहान ९ बजेदेखि बैठक फेरि बस्ने र बैठकमा नेताहरूले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।


महासमिमित बैठकमा हिन्दू राष्ट्र पुनस्र्थापना पक्षधरहरुको हस्ताक्षर संकलन भएको छ ।


केन्द्रीय सदस्य शंकर भण्डारीकै अगुवाइमा हिन्दू राष्ट्र पुनस्र्थापनाको पक्षमा महासमिति सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको हो । बैठकको पहिलो दिन ४०२ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन ।


तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्काले थालेको यो अभियानले २०७९ को त्रिवेणी महासमिति बैठक र २०७८ को काठमाडौं महासमिति बैठकमा पनि हस्ताक्षर संकलन गरेको थियो ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD