१६ चैत्र २०८०, शुक्रबार
Header

महासंघ र नेपाल बंगलादेश बैंकविच बैंकिङ सम्झौता


प्रकाशित: शुक्रवार, १३ चैत्र २०७७, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंक वीच बैंकिङ कारोबार सम्झौता भएको छ ।


मंगलावर एक कार्यक्रमविच महासंघका अध्यक्ष माणिक रत्न शाक्य र बैंककी डेपुटी जनरल म्यानेजर सलोनिका सिंहल बैंकिङ साझेदारी सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । 


सम्झौता अनुसार महासंघ अन्तर्गत विभिन्न जिल्ला तथा नगरमा आवद्ध ब्यवसायी तथा एशोसिएट्स सदस्यहरुले नेपाल बैंगलादेश बैंकको क्युआर कोड प्रयोग गरी कारोबार गर्न पाउने छन । 


महासंघका अध्यक्ष शाक्यले सुनचाँदीको कारोबार गर्दा नगदमा नै गर्नुपर्ने झन्झटको अन्त्य गरेको बताए । 


यो सम्झौतापछि महासंघका आवद्ध ब्यवसायीहरुले नेपाल बंगलादेश बैंक मार्फत उपलब्ध हुने विभिन्न किसिमका बैंकिङ सेवाहरु सरल र सहुलियतपूर्ण रुपमा प्रयोगगर्न पाउन शाक्यले जानकारी दिए । 


महासंघ अन्तर्गत देशभरका ६५ भन्दा बढी जिल्ला, नगर तथा एशोसिएट्स सदस्य छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD