काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघद्धारा हिजो एक प्रेस विज्ञप्ती जारी सिरहा जिल्लाको लाहान बजारस्थित विकास ज्वेलर्समा अज्ञात समूहद्धारा गरिएको बम विस्फोटनको कडा रुपमा निन्दा गरेको छ ।
महासंघको प्रवक्ता मनोज कुमार साहको हस्ताक्षरमा जारी सो विज्ञप्तीमा सिरहा सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष विकास सारदामाथि गर्न खोजिएको सो सांघातिक आक्रमणको जोडद्धारा रुपमा भत्र्सना गर्दै आक्रमणकारीहरुको पहिचान गरी कारवाहीको दायरामा ल्याउन सुरक्षा निकायसँग जोडदार रुपमा माग गरेको छ ।
त्यसैगरी सो घट्नामा परि घाईते हुनु भएका पसलका प्रोपाईटर विकास सारदा, पसलमा कार्यरत ५ कर्मचारी एंव ग्राहकको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाल सरकारसँग घाईतेहरुको स्वास्थ्य उपचारको प्रवन्ध मिलाई दिन विशेष अनुरोध समेत गरेको विज्ञप्तीमा उल्लेख छ ।
जारी विज्ञप्तीमा आगामी दिनमा यस किसिमको पीडादायी घट्नाहरु घट्न नदिन विशेष सुरक्षाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।
Categorized in राष्ट्रिय