८ बैशाख २०८१, शनिबार
Header

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको उम्मेदवारी


प्रकाशित: बुधवार, १४ फागुन २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल उद्योग बाण्ज्यि महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन । 


ढकालले ‘समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार’ नारासहित उम्मेदवारी दिएका हुन । उनले उम्मेदारी घोषणा गरेसँगै भावी अध्यक्ष शेखर गोल्छालाई डायनिमक नेतृत्व भनेका छन । 


उनले भने, ‘उहाँको नेतृत्वमा हाम्रो एउटा व्यवसायिक र गतिशील टीम बन्नेछ । यो टीम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकासँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र  साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन, हामी एक र एक जोडेर ११ बनाउनेछौं ।’


ढकालले पूर्व अध्यक्ष सुरज बैद्य, चण्डिराज ढकाल र महासंघका प्रदेश अध्यक्षहरुको उपस्थितिमा उम्मेदवारी घोषणा गरेका थिए । 


त्यसैगरी महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले पनि उम्मेदवारी घोषणा गरिसकेका छन । उनको घोषणासभामा गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका उपस्थित थिए ।


महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने ब्यवस्था छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD