काठमाडौं । महाशिवरात्रीलाई लक्षित गरी बागमति सफाई अभियान हुने भएको छ ।
फागुन २२ र २९ गतेको गरिने वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित हुने भएको छ ।
पशुपति क्षेत्रको सूर्यघाटबाट आर्यघाटको बाँधसम्म सफाइ गर्ने गरी कार्यक्रम तय गरिएको बागमती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले बताए ।
पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले शिवरात्रिअघि र पछिका दुई शनिबार सफाइलाई पशुपति क्षेत्रमा केन्द्रित गर्न लागिएको हो ।
यो बर्ष महाशिवरात्री फागुन २७ गते महाशिवरात्री परेको छ । शिवरात्रीको लागि भारतलगायत विभिन्न देशबाट लाखौ मानिसहरु काठमाडौं आउने गर्दछ ।
Categorized in सम्पदा/संस्कृति