काठमाडौं । आइतवार (महाशिवरात्री) का अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा विशेष ट्राफिक सुरक्षा तथा व्यवस्थापन योजना सार्वजनिक गरेको छ ।
हुने सम्भावित अत्यधिक भिडभाडलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन व्यवस्थापनमा ध्यान दिएको ट्राफिक कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पूजाआजा तथा दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनलाई सहज आवत–जावतको वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाइएको छ ।
तोकिएका पार्किङ स्थलहरू
१) सिफल चौर – दर्शनार्थीका सवारी, पासवाहक सवारी तथा सुरक्षाकर्मीका सवारी साधन ।
२) गुहेश्वरी पारी – तिर्थयात्री र दर्शनार्थीका सवारी साधन ।
३) पशुपति विकास कोषको कार्यालयरभण्डारखाल – पासवाहक सवारी साधन ।
४) तिलगंगा आँखा अस्पताल तथा करिडोर क्षेत्र – तिर्थयात्री, दर्शनार्थी र पर्यटकका सवारी साधन ।
५) वनकाली क्षेत्र – शिविर सञ्चालन गर्ने संघसंस्था, दमकल, एम्बुलेन्स, खानेपानी तथा सुरक्षाकर्मीका सवारी साधन ।
६) प्रहरी वृत्त गौशाला – पासवाहक र सरकारी सवारी साधन ।
विभिन्न नाकाबाट भित्रिने सवारी साधनलाई छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ । टाढाबाट आउने भक्तजनका लागि निर्वाध आवागमन सुनिश्चित गर्न विशेष व्यवस्था गरिएको छ ।
सम्भावित डाइभर्सन योजना
दर्शनार्थीको चाप अत्यधिक भई गौशाला क्षेत्र हुँदै चक्रपथमा सवारी सञ्चालन गर्न नसकिने अवस्था आएमा मात्र गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग प्रयोग गरिने कार्यालयले जनाएको छ । त्यसका लागि करिडोर तथा भित्री सडकहरूमा बाक्लो संख्यामा ट्राफिक प्रहरी परिचालन गरिनेछ ।
साधारण अवस्थामा चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा सवारी सञ्चालन यथावत रहनेछ । तर अत्यधिक भिडभाडका कारण समस्या उत्पन्न भएमा आवश्यकताअनुसार डाइभर्सन गरिनेछ ।
मालबाहक सवारीमा प्रतिबन्ध
तिनकुनेबाट सिनामंगलतर्फ, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ तथा पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने मालबाहक सवारी साधनलाई आवश्यकता अनुसार निषेध गरिनेछ ।
त्यस्तै, बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था गरिएको छ ।
गौशाला चोकमा अत्यधिक भिडभाड भई सवारी सञ्चालन असहज भएमा चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर–मैतीदेवी मोड, रातोपुल र सिफल चौर–जय बागेश्वरी रुटका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिनेछ ।
ट्राफिक प्रहरीले महाशिवरात्रीका दिन संयमित भई यात्रा गर्न, तोकिएका पार्किङ स्थल प्रयोग गर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्न सबैमा अनुरोध गरेको छ ।
ट्राफिक कार्यालयले सार्वजनिक गरेको नक्साः

Categorized in समाज