काठमाडौं । आज साँझ देखि हुने पशुपतिनाथमा महाशिवरात्रि विशेष पूजाको लागि १५ हजार १ सय रुपैयाँ तिरे लाइन बस्न नपर्ने व्यवस्था गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषका परिषद सदस् एवं प्रचार–प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीका अनुसार विशेष पूजाका लागि भक्तजनले १५ हजार १ सय रुपैयाँ तिरे बिना लाइन १ घण्टामा पूजा सम्पन्न गर्न सक्नेछन ।
खत्रीका अनुसार महाशिवरात्रिको साँझ ७ बजेदेखि सुरू हुने विशेष पूजामा पञ्चामृत रहनेछन् ।
विशेष पुजामा हुने बालभोगसहित पञ्चामृत पूजा, रुद्राभिषेक र बालभोगसहित पञ्चामृत पूजा, लघुरुद्राभिषेक, पूरा भोगसहित पञ्चामृत विशेष पूजा हटाएको र यसवर्ष पञ्चामृत विशेष पूजा मात्र हुने संयोजक खत्रीले बताए ।
१५ हजारभन्दा बढी रकमको विशेष पूजामा लाखबत्ती बाल्न पाइने व्यवस्था छ । यस्तै रुद्राभिषेक, पूरा भोग, हवन, सवा लाख बत्तीद्वारा आरति र पञ्चामृत पूजा गर्न पाइन्छ ।
विशेष पूजाको लागि पशुपतिको पश्चिमपट्टि रहेको एसबीआई बैंकमा १५ हजार १ सयको भौचर काटेर बुझाउनु पर्ने व्यवस्था गरिएको र यो बर्ष यो पूजामा २ सय जना मात्र सहभागी हुन पाउने छन ।
शिवरात्रिको साँझ ७ बजेदेखि भक्तजनले विशेष पूजा गर्न पाउनेछन्। जसमा पहिलो प्रहर ७ बजेदेखि सुरू हुने छ भने दोस्रो प्रहर ९ बजे, तस्रो प्रहर १२ बजे र चौथो प्रहर ३ बजेसम्म विशेष पूजा चल्ने प्रसारप्रसार प्रमुख खत्रीले बताए ।
26 Ferbury 2025, Wednesday
Categorized in सम्पदा/संस्कृति