२३ बैशाख २०८१, आइतबार
Header

महालक्ष्मी विकास बैंक र इन्स्योरेन्सबीच बीमा सम्झौता 


प्रकाशित: विहिवार, ९ फागुन २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स विच जीवन बीमा सोवा सम्झौता भएको छ । 


सम्झौतापछि अब बैंकका ग्राहकले महालक्ष्मी बिकास बैंकको जुनसुकै शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु पाइने भएको छ ।


महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र महालक्ष्मी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानले सम्झौतामा हस्ताक्षर गरेका छन ।


बैंकले दिएको जानकारी अनुसार महालक्ष्मी विकास बैंकले आफ्ना १०१ वटै शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सले प्रदान गर्ने सम्पूर्ण बीमा सेवा दिने छ । 


गत माघ २७ गतेबाट कारोबार शुरु गरेको इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गरेको छ ।


हालसम्म महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाडौं, पोखरा र वीरगंजबाट कारोबार शुरु गरिसकेको छ  ।


फागुनभित्र बिर्तामोड, इटहरी, जनकपुर, लाहान, नारायणगढ, बुटवल, दाङ, कोहलपुर, सूर्खेत र धनगढीबाट कारोबार शुरु गर्ने तयारी गरिहेको छ इन्स्योरेन्सले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD