१३ बैशाख २०८१, बिहिबार
Header

महालक्ष्मी विकास बैंकले टाटाका गाडीहरु खरिद गर्न कर्जा दिने


प्रकाशित: शुक्रवार, ४ भाद्र २०७८, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । महालक्ष्मी विकास बैंकले भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा प्रदान गर्ने भएको छ ।


सिप्रदि ट्रेडिङसँग बैंकले सम्झौता गरेपछि सिप्रदि ट्रेडिङ प्रा. लि. बाट ग्राहकहरुले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा बैंकमार्फत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन । 


अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशत सम्म कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । 


हाल देशभर १०३ वटा शाखा रहेको यस बैंकको सबै साखाबाट यो सुविधा उपलब्ध हुनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD