१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

महालक्ष्मी विकास बैंकद्वारा शताब्दी पुरुष जोशी एकलाख नगदसहित अभिनन्दन


प्रकाशित: मंगलवार, ७ जेठ २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । महालक्ष्मी विकास बैंकले शताव्दी पुरुष सत्यमोहन जोशीलाई एकलाख नगदससहित अभिनन्दन गरेको छ। 


बैंकले २५औ वार्षिकोत्सवका अवसरमा शताव्दी जोशीलाई मंगलवार नगदसहित सम्मान गरेको बैंककका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताए । 


जोशीलाई पाटनमै गएर बैकको टोलीले अभिनन्दन गरिने बैंकका संञ्चालक अध्यक्ष राजेश उपाध्यायले बताए । 


यसै अवसरमा उपत्यका भित्रका १८ वटा शाखा कार्यलयका कर्मचारी सहित दरवारमार्गत, शहिदगेट, न्युरोड, बसन्तपुर हुँदै पुनः दरवारमार्गसम्म  बिहान प्रभातफेरी आयोजना गरेको थियो । 


त्यसैगरी बैंकले दरवारमार्गको महानगरीय प्रहरी बृत्तमा ६० वटा फ्लोरोसेन्ट ज्याकेट वितरण समेत गरेको थियो भने बैंकले उपत्यका बाहिरका मुख्य कार्यालयहरु वीरगञ्ज, हेटौडा, भैरहवा लगायतका शाखा कार्यालयहरुमा साधारण स्वास्थ परिक्षण, अनाथालयमा सहयोग लगायतका कार्यक्रम गरेर मनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex