७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

महामन्त्री थापाको प्रस्तावः ‘घर जाउँ, पार्टी सदस्य बनाउँ’


काठमाडौं । नेपाली कांग्रेसको सोमवार बसेको केन्द्रीय समिति बैठकले पार्टी सदस्य बनाउन अभियान चलाउने भएको छ । 


कांग्रेस महामन्त्री गगन थापाले यो अभियान साउन २० देखि २०८० असार ३१ गते सम्म अभियान चलाएर करिब ५ देखि ७ लाख नयाँ पार्टी सदस्य थप्ने प्रस्ताव गरेका छन । 


थापाका अनुसार मंसिर–पुस २०७८ मा भएको १४ औं महाधिवेशनको समयमा कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य थिए ।

 


नयाँ सदस्यका लागि कांग्रेसले अनलाइन प्रणाली सुरु गरेको छ । यसलाई अझ प्रभावकारी बनाउने महामन्त्री थापाले बताए ।


त्यसैगरी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विभागहरु थप्ने उनले प्रस्ताव गरेका छन । थापाले हाल कायम रहेको २८ वटा विभागहरुमा केही थप गर्न गृहकार्य भइरहेको बताए ।


साथै हरेक ६/६ महिनामा केन्द्रीय कार्यसमितिमा प्रगति विवरण बुझाउनुपर्नेछ ।

 

 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा कार्यकाल सकिएका ६ वटा भ्रातृ संगठनको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव पेश भएको छ ।


नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव गरेका हुन । 


बैठकमा आगामी ६ वटा बैठकको मिति प्रस्ताव भएको छ । विधानअनुसार हरेक दुई÷दुई महिनामा बैठक हुनुपर्ने भएपनि एक वर्षपछि मंगलबार बसेको हो ।

 


महामन्त्री थापाले हरेक दुई/दुई महिनामा बैठक गर्ने प्रस्ताव गरेका छन । उनले असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव गरेका हुन । 


साथै वर्षमा दुई वटा बैठक काठमाडौं उपत्यका बाहिर केन्द्रीय समितिको बैठक बस्नु पर्ने प्रस्ताव पनि पेश गरेका छन । 


थापाले मासिक रुपमै कार्यक्रम गर्ने गरी क्यालेडर प्रस्तुत गरेका छन । साउनमा रुख रोप्ने, युवा र भ्रातृ संस्थाहरुसँग बैठक गर्ने लगायत कार्यक्रम गर्न प्रस्ताव गरेका छन । 


त्यस्तै, भदौमा साहित्यिक महिनाका रुपमा साहित्य विशेष सांगठनिक अभियान सञ्चालन गर्ने । 


असोजलाई उत्सवको महिनाका रुपमा उत्सवमय बनाउने, कात्तिकलाई संवादको महिनाको रुपमा पार्टीको अर्थनीतिसम्बन्धी दुई दिने कन्क्लेभ गर्ने महामन्त्री थापाको प्रस्ताव छ । 


मंसिरमा महिला हिंसाविरुद्ध एक महिने मंगलादेवी अभियान सञ्चालन गर्ने, भूसंरक्षण, पहिचान र विविधताका विषयमा कार्यक्रमहरू गर्ने, किसान सप्ताह मनाउने प्रस्ताव छ ।

 


पुसमा एकता मेलमिलाप विशेष कार्यक्रमहरू गर्ने, माघमा सम्मान विशेषसहित सप्ताह मनाउने, फागुनमा खेलकुद सप्ताह र सत्याग्रह विशेष कृष्णप्रसाद भट्टराई स्मृति अभियान, चैतमा गिरिजाप्रसाद कोइराला स्मृति शान्ति पदयात्रा र डिबी परियार स्मृति राष्ट्रिय कला सम्मेलन गर्ने प्रस्ताव छ ।


वैशाखमा संकल्पको महिनाको रुपमा लोकतन्त्र वृत्तचित्र प्रदर्शनी र जेठ १० मा समता दिवस मनाउने प्रस्ताव गरेका छन । 


मंगलवार, २ साउन २०८०, १८ः०० बजे

asteriskhubs
Home Page Bottom Second


maharjan complex