२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

महामन्त्री गगन र विश्व पाँच वर्षका लागि निलम्बन 


प्रकाशित: बुधवार, ३० पुस २०८२, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई पार्टीबाट पाँच वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको छ । 


पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनको पक्षमा क्रियाशील नेताहरूमाथि संगठनविरुद्ध गतिविधि गराएको आरोप लगाउँदै कारबाही गर्ने निर्णय गरेको हो । 


बैठकले विशेष महाधिवेशनको पक्षमा रहेका नेता तथा कार्यकर्तालाई आ–आफ्नो भूमिकामा फर्कन आह्वान गरेको छ । 


पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको तथा संगठनिक एकतामा प्रभावित पार्ने गतिविधि गरिएको आरोपमा कारबाही गरिएको बताइएको छ ।


५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै थापा र शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए ।

 
तर उनीहरू सहभागी रहेको केन्द्रीय समितिको बैठकले पुसमा नियमित महाधिवेशन सम्भव नभए वैशाखमा गर्ने सहमति गरेको थियो । उक्त सहमतिमा फरक मत राख्दै उनीहरूले निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए ।


पार्टी विभाजन रोक्न विभिन्न चरणमा छलफल भए पनि सहमति जुट्न नसकेपछि विशेष पक्षले निर्वाचन प्रक्रियालाई अगाडि बढाएको जनाएको छ । सोहीक्रममा सभापति पदका लागि गगनकुमार थापाको नाम दर्ता गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex