९ भाद्र २०८३, मंगलबार
Header

महामन्त्री गगन थापाले प्रस्ताव गरेको बार्षिक क्यालेण्डरमा के छ ?


प्रकाशित: मंगलवार, २ साउन २०८०, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसको मंगलवार बसेको केन्द्रिय समितिको बैठकमा महामन्त्री गगन थापाले बार्षिक क्यालेण्डर प्रस्ताव गरेका छन ।


थापाले थापाले मासिक रुपमै कार्यक्रम गर्ने गरी क्यालेडर प्रस्तुत गरेका छन । साउनमा रुख रोप्ने, युवा र भ्रातृ संस्थाहरुसँग बैठक गर्ने लगायत कार्यक्रम गर्न प्रस्ताव गरेका छन । 


त्यस्तै, भदौमा साहित्यिक महिनाका रुपमा साहित्य विशेष सांगठनिक अभियान सञ्चालन गर्ने । 


असोजलाई उत्सवको महिनाका रुपमा उत्सवमय बनाउने, कात्तिकलाई संवादको महिनाको रुपमा पार्टीको अर्थनीतिसम्बन्धी दुई दिने कन्क्लेभ गर्ने महामन्त्री थापाको प्रस्ताव छ । 


मंसिरमा महिला हिंसाविरुद्ध एक महिने मंगलादेवी अभियान सञ्चालन गर्ने, भूसंरक्षण, पहिचान र विविधताका विषयमा कार्यक्रमहरू गर्ने, किसान सप्ताह मनाउने प्रस्ताव छ ।
 

पुसमा एकता मेलमिलाप विशेष कार्यक्रमहरू गर्ने, माघमा सम्मान विशेषसहित सप्ताह मनाउने, फागुनमा खेलकुद सप्ताह र सत्याग्रह विशेष कृष्णप्रसाद भट्टराई स्मृति अभियान, चैतमा गिरिजाप्रसाद कोइराला स्मृति शान्ति पदयात्रा र डिबी परियार स्मृति राष्ट्रिय कला सम्मेलन गर्ने प्रस्ताव छ ।


वैशाखमा संकल्पको महिनाको रुपमा लोकतन्त्र वृत्तचित्र प्रदर्शनी र जेठ १० मा समता दिवस मनाउने प्रस्ताव गरेका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex