काठमाडौं । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले कांग्रेस महामन्त्री हार निश्चित भएपछि रक्षामन्त्री पदबाट राजीनामा घोषणा गरेका छन ।
उनले टिविट गर्दै भने,‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले रिजाललाईअसोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।
Categorized in राष्ट्रिय