काठमाडौं । नेपाली कांग्रेसको पछिल्लो केन्द्रीय समितिको बैठकले महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने प्रस्तावलाई शंसोधन गरेर अनुमोदन गरेको छ ।
बैठकले चुनावी गठबन्धन नगर्ने अडानमा रहेका महामन्त्री थापाको प्रस्तावबाट ‘गठबन्धन’ शब्द परिमार्जन गरी अनुमोदन गरिएको हो । गठबन्धन शब्द हटाए आफ्नै तागतमा एक्लै लड्ने भन्ने शब्द जोडेर महामन्त्री थापाको प्रस्ताव परित गरिएको हो ।
केन्द्रीय समितिले पारित गरेको महामन्त्री थापाको प्रस्तावमा भनिएको छ, ञहाम्रो आफ्नो सङ्गठनलाई थप उर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनस्र्थापित गर्नेछौं। हामी भविस्यमा हुने आवधिक निर्वाचनहरुमा आफ्नै तागतमा एक्लै लड्ने छौँ। र हाम्रा मतदातालाई रुख चुनावी चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं।
अर्का महामन्त्री विश्वप्रकाश शर्माको एक्जिट पोलिसी (नेताहरुको वहिर्गमन) प्रस्ताव एक पटक राष्ट्रपति, प्रधानमन्त्री २ पटक, मन्त्री ३ पटक र सांसद ४ पटक मात्रै हुन पाउने नीति पार्टीले लिनु पर्ने अघि सारेको प्रस्तावलाई भने बैठकले प्रस्तावकै रुपममा राखेका छ ।
महामन्त्री शर्माको उक्त प्रस्ताव व्यावहारिक नभएको र संविधान संशोधनसँग जोडिएकाले संविधान संशोधनको वेला छलफल हुने भनिएको छ ।
महामन्त्री शर्माको अर्का प्रस्ताव “समसामयिक राजनैतिक प्रस्ताव” उपर महासमितिको बैठकमा वृहत छलफलबाट प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गरी प्रस्तुत परिमार्जित प्रस्ताव केन्द्रीय समितिको बैठकबाट सर्वसम्मत पारित गरित गरिएको छ ।
वि.स. २०७९ को चुनावमा कांग्रेसले तत्कालीन सत्ता गठबन्धन माओवादी, एकीकृत समाजवादी लगायतसँग गठबन्धन गरेको थियो ।
Categorized in राष्ट्रिय