२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

महाबौद्धबाट २० लाख ९२ हजार नगदसहित एक जना पक्राउ


प्रकाशित: शुक्रवार, २२ चैत्र २०८१, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । प्रहरी बृत जनसेवा, विशालबजार न्यूरोडको टोलीले काठमाडौं– २७ महाबौद्धबाट २० लाख ९२ हजार नगद र एक आइफोन सहित एक जनलाई पक्राउ गरेको छ । 


प्रहरी बृत जनसेवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण कुमार चन्दको नेतृत्वमा खटिएको टोलीले चीनको तिव्वत स्थायी ठेगाना भई हाल सुजी– ३ जोगिन्दर नगर माडी भारत ठेगाना भई काठमाडौं– ६ बौद्ध बस्ने बर्ष २६ की रिश्केहे वाङमो ( RIKSHE WANGMO) लाई नियन्त्रणमा लिएको हो । 


चैत्र २० गते बुधवारका साँझ सढे ५ बजेको समयमा महाबौद्ध क्षेत्र इलाकामा अबैध हुण्डीको कारोवारको सुचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको डिएसपी चन्दले जानकारी दिए ।

 
डिएसपी चन्द हालै जनसेवा प्रहरी बृतमा सरुवा भएर आएको हो । 

 

प्रहरीले वाङमोहबाट प्राप्त गरेको नगद रकम
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex