८ बैशाख २०८१, शनिबार
Header

महाबौद्धबाट १० हजार नक्कली नोटसहित एक पक्राउ


प्रकाशित: मंगलवार, ३० असोज २०७५, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका – २७ स्थित महाबौद्धबाट एक जनालाई १ हजार दरका १० वटा नक्कली नोटसहित पक्राउ गरेको छ । 


महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले महाबौद्ध नजिकैबाट ओखलढुंगा घर भएका ३२ वर्षीय अर्जुन बस्नेत भनिने पदमबहादुरलाई पक्राउ गरेको प्रहरीले बताएको छ । 


महाबौद्धमा कपडा किनेपछि पसलेलाई दिएको नोटमा शंका लागेर प्रहरीलाई खबर गरेपछि बस्नेत पक्राउ परेका प्रहरीले बताएको छ । 


जिल्ला अदालतबाट खोटा प्रचलनमा म्याद थप गरी अनुसन्धान सुरू भइसकेको जनाएको छ । 


यस अघि पनि प्रहरीले नक्कली नोटसहित फिल्म निर्माता वाग्लेलाई पक्राउ गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD