१४ बैशाख २०८१, शुक्रबार
Header

महानगर सहकारीको ११ औं साधारणसभा सम्पन्न


प्रकाशित: शुक्रवार, २० भाद्र २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका कर्मचारीहरु सहकारी महानगर कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं साधारणसभा सम्पन्न भएको छ ।


शुक्रवार सम्पन्न सो सभामा संस्थाको आ. व. २०७५÷०७६ को अन्त्यसम्ममा ३ करोड ९१ लाख ९९ हजार ६९६ रुपैयाँ बचत परिचालन गरेको विवरण प्रस्तुत गरेका थिए । 


गत बर्ष आ. व. २०७४÷०७५ को असार मसान्तसम्ममा सहकारीले २ करोड ९७ लाख ७० हजार रुपैयाँ र त्यस अघिको बर्ष अर्थात आ. व. २०७३÷०७४ को अन्त्यसम्ममा २ करोड ३९ लाख १७ हजार ८१३ रुपैयाँ संकलन गरेको थियो ।


महानगरमा कार्यरत १३४ जना महिला र ३३७ जना पुरुष गरी ४७१ जना शेयर सदस्य रहेको सहकारीले उक्त सहकारीले आ.व.२०७६÷०७७ का लागि ६८ लाख ५० हजार आम्दानी र ६४ लाख ८१ हजार खर्च प्रस्ताव गरेको छ । 


सहकारीका अध्यक्ष यादव घिमिरेले कर्मचारीले प्रत्येक दिन १०० रुपियाँ अनिवार्य बचत गर्नुपर्ने व्यवस्था गरेको जानकारी दिए । यस अघि शेयर सदस्यले मासिक २ हजार रुपैयाँ बचत गर्दै आएको थियो । 


सो अवसरमा सेवा निवृत्त इन्द्रमान सिंह सुवाल, रबिन्द्र पौडेल, साधुराम भट्टराई, हरिकुमार काफ्ले, हरि लम्साल, ज्यापू पोडे, रीता तिमिल्सिना र रत्नकुमारी मगरलाई सम्मान गरिएको थियो ।


सहकारीले शेयर सदस्यहरुलाई ऋणबाहेक औषधि उपचार, परिवहन, सञ्चार, किरिया, सुत्केरी खर्चलगायतका सुविधा उपलब्ध गराउँदै आएको छ ।


सो अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले महानगरका कर्मचारीको सहकारी उदाहरणीय रहेको भन्दै प्रसंशा गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD