१६ बैशाख २०८१, आइतबार
Header

महानगर समितिको जिम्मेवारी धेरै तर अधिकार र मान मर्यादामा विभेदः शाक्य (भिडियो) 


प्रकाशित: बुधवार, १७ साउन २०८०, २१ः२० बजे
- अजयकुमार खड्गी

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति नीलकाजी शाक्यले महानगर समितिको जिम्मेवारी धेरै तर अधिकार र मान मार्यदामा पार्टीले विभेद गरेको बताएका छन ।


सभापति शाक्यले मंगलवार पार्टी सभापति शेरबहादुर देउवालाई देशभरीका ६ वटा महानगरको काठमाडौं भेलाले निकालेको निष्कर्षसहितको निर्णय पत्र बुुझाएको जानकारी दिए । 

 


शाक्यले पार्टी सभापति देउवाले सो निर्णय पत्रको आशय बुुझेर पार्टीको नीति तथा विधान अधिवेशनबाट संशोधन हुने विश्वास गरेका छन । 


साउन १२ गते महानगर सम्मेलनले ४ बुँदे निर्णयहरु गरेका थिए । सो निर्णहरु बारे जानकारी गराउन सभापति शाक्यसहितको टिम देउवा निवास पुुगेका थिए ।

 


सम्मेलनबाट महानगरलाई अधिकार सम्पन्न बनाउनु पर्ने मागहरु जोडदार रुपमा उठेकोले आफूहरुले राखेको माग पुरा गराउन लाग्ने शाक्यले आफ्नो भनाई राखेका छन । 


सम्मेललने निर्णय गरेको बुँदाहरुमा पहिलो, पार्टीले आगामी दिनमा विधानमा स्थानीय तह पदाधिकारीहरु एवं सदस्यहरुको हाल पार्टीले राखेको मर्यादाक्रम अन्याय र विभेदपूर्ण रहेको ठहर गर्दै संशोधनको लागि केन्द्रिय कार्यसमिति, केन्द्रिय सभापति, केन्द्रिय पदाधिकारीहरु एंव केन्द्रिय सदस्यहरुलाई लिखित रुपमा प्रस्तूत गर्ने निर्णय गरेको छ ।

 


दोस्रोमा पार्टीको केन्द्रिय महासमिति÷महाधिवेशनमा स्थानीय तहका समितिहरुबाट प्रतिनिधित्व हुने सुनिश्चितता लागि व्यवस्था गरियोस भनी माग गर्ने, तेस्रोमा स्थानीय तहका समिति अन्तर्गतका वडाहरुमा निर्वाचनमा उम्मेदवार छनौट गर्दा तत तत स्थानीय तहको पूर्ण अधिकार सुनिश्चतता गर्नु पर्ने र चौथोमा स्थानीय तह समितिको दायित्व र अधिकार पार्टी विधान र नियामावलीमा न्यून र समय साक्षेप नभएको हुनाले समय साक्षेप हुने गरी, पदाधिकारु समेतको काम, कर्तव्य र अधिकार विधानमा व्यवस्था गराउन माग गरेको छ । 


पार्टीमा नयाँ पुस्तालाई आकर्षित गराउन समय साक्षेपको कार्यक्रमहरु ल्याउनु पर्ने बताउँदै उनले भने,‘अहिलेको नयाँ पुस्ता रिजल्ट खोज्छ, समय साक्षेप अनुसार पार्टीले काम गर्नु पर्छ ।’

 


त्यसैगरी, शाक्यले पार्टीले वितरण गर्ने सक्रिय सदस्यता निष्पक्ष, लोकतात्रिक नभएको तथा काम गर्ने भन्दा नेतालाई चाप्लुुसी गर्नेहरुलाई वितरण गरेकोले पार्टीमा चरम असुन्तुुष्टी भएको बताए ।

 
महामन्त्री गगन कुमार थापाले सक्रिय सस्यता वितरण तथा उम्मेदार छनौट प्रक्रियाबारे चलाएको बहषलाई समर्थन गर्र्र्दै उनले भने यो पहिला अभ्यास हुन जरुरी छ । 


महामन्त्री थापाले पार्टीले हैन सक्रिय कार्यकर्ताहरुले नै आफ्नो तहको उम्मेदवार चयन गर्न पाउनु पर्ने गरी विधानमा व्यवस्था गरिनु पर्ने भन्दै बहष चलाएको छ । 


सभापित शाक्यले काठमाडौं महानगरमा जितेका कांग्रेसका जनप्रतिहरुले महानगर समितिलाई गरेको वेवास्ता प्रति असुन्तष्ट व्यक्त गरेका छन ।


महानगर समितिकको प्रयासले महानगरका १९ वटा वडा जित्न सफल भयौ तर वडा अध्यक्षहरु भने महानगर समितिलाई उपेक्षा गरिरहेका छन ।


‘महानगरले टिकट दिएको होइन महानगरलाई हामीले किन वास्ता गर्ने भन्ने किसिमको मनमा छ, बलेको आगो ताप्ने, निभेको आगो त ताप्दैन, म सभापति भएर आईसकेपछि मेरो टिमले उहाँहरुको नामको सिफारिस गरेर पठाएको त हो नी, महानगर समितिलेनै जिताएको भन्दै शाक्ये भने,‘भोली कथन कदाचित महानगरलाई टिकट दिने अधिकार दियो भने के गर्ने ?


आगामी दिनमा कांग्रेसका वडा अध्यक्षहरुले महानगर समितिसँग पनि छलफल गरेर काम गरेको खण्डमा स्थानीय चुनावमा गरेका प्रतिवद्धताहरु लागु गर्न सहज हुने शाक्यले सुझाव दिएका छन । 


शाक्यले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले गरेको कतिपय कामहरु राम्रो पनि छन भने कतिपय कामहरु अहिलेनै गरिहाल्नु पर्ने अवस्था थिएन ।


प्रमुख शाहले महानगरवासीको समग्र हितमा काम गर्ने हो भने पार्टीका दलहरुसँग सहकार्य गरेर अघि बढेको खण्डमा सहज र प्रभावकारी हुने प्रमुख शाहलाई शाक्यको सुुझाव छ ।



तस्वीर तथा भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD