काठमाडौं । काठमाडौं महानगर मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं महानगरपालिका भवन निर्माणमा भईरहेको अवरोध बारे ध्यानाकर्षण गराएका छन ।
बसन्तपुरमा विहिवार २०७३ सालको विनाशकारी भूकम्पको चौथो स्मृति सभामा मेयर शाक्यले प्रम ओलीलाई सो आग्रह गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्माले जनतालाई लाभ हुने काम गर्न किन डराउने ? जनताको सेवा गर्न ढुक्क भएर काम गर्न प्रमुख शाक्यलाई सुझाव दिएका थिए ।
प्रम ओलीले महानगर भवन निर्माणप्रति गरिएको अवरोध बारे भने, ‘नभएको बागदरबार कहाँ पाउनु ? हरिशम्शेर बसेको भवनलाई किन बागदरबार भन्नु ? प्रधानमन्त्री ओलीले भन्नुभयो — जनतालाई लाभ हुने काम गर्न किन डराउनु ?’
राष्ट्रिय पुननिर्माण प्राधिकरण र काठमाडौं महानगरद्धारा आयोजित सो सभामा प्रम ओलीले २०७२ को भूकम्पपछि नेपाली सामाजिक सद्भावले ठूलो काम गरेको गर्दै सुरक्षा निकाय, स्थानीय सरकार र कर्मचारीको अथक प्रयासबाट बिपत्तिबाट उठ्न सकेको बताउँदै उहाँले समस्यामा साथ दिने छिमकी तथा कुटनीतिक सम्बन्ध भएका मुलुक र दातृ निकायप्रति धन्यावाद प्रकट गरे ।
औपचारिक कार्यक्रम सकेपछि प्रम ओलीले बसन्तपुरमा भएका सम्पदा पुननिर्माणको अवस्था अवलोकन गरेका थिए ।
पूननिर्माणधिन काष्ठमण्डप, कालभैरव, तलेजु मन्दिरको प्रम ओलीले अवलोकन गर्न भ्याएका थिए ।
Categorized in राष्ट्रिय