४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

महानगर प्रवक्ता तथा वडा १५ अध्यक्ष ईश्वरमान डंगोलले सार्वजनिक गरे कार्य प्रगति विवरण


प्रकाशित: शुक्रवार, ११ चैत्र २०७८, १९ः०० बजे 
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगर प्रवक्ता एंव वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन । 


शुक्रवार एक कार्यक्रमविच वडा अध्यक्ष डंगोलले २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि चालु आर्थिक बर्षको फागुन मसान्तसम्मका कार्यक्रम, आय तथा खर्चको विवरणमा सार्वजनिक गरेको हो । 

 


उनले आ. व. २०७४/०७५ मा भौतिक पूर्वाधारतर्फ ४७ वटा र सामाजिक विकासतर्फ ९ वटा कार्यक्रम सम्पन्न गरेको वडाले आ. व. २०७५/०७६ मा ४२ वटा पूर्वाधार विकास र २ वटा सामाजिक विकासका कार्यक्रम सम्पन्न गरेको जानकारी दिए । 


यसै गरी आ. व. २०७६/०७७ मा पूर्वाधारतर्फ ५४ वटा, सामाजिक विकासतर्फ ५ वटा, आ. व.२०७७/०७८ मा पूर्वाधारतर्फ ४० वटा, आ. व. २०७८/०७९ को फागुन मसान्तसम्ममा पूर्वाधार विकासतर्फ ५७ वटा र सामाजिक विकासतर्फ ३ वटा योजना सम्पन्न भएका विवरण वडा अध्यक्ष डंगोलले प्रस्तुत गरे । 


सेवा व्यवस्थापनमा सहज बनाउन वडा कार्यालयलाई स्तरोन्नति गरेर कक्ष थप गरिएको छ । व्हिल चेयर प्रयोगकर्ता सेवाग्राहीलाई कार्यकक्षमा पुग्न ¥याम बनाइएको छ । 


कार्यालय परिसरमा निःशुल्क वाइफाइ वितरण गरिएको छ । सहयोग कक्ष निर्माण गरेर स्वयम्सेवकमार्फत सेवाग्राहीमैत्री वातावरण बनाइएको छ ।


सम्पदा संरक्षणतर्फ डल्लु चौताराको उत्खनन तथा पुननिर्माण, डल्लु आवास क्षेत्रसँगैको ढुङ्गेधारा, किमडोल चोकको ढुङ्गे धारा र मेह्छौ हिटीको पुननिर्माण गरिएको छ । 


दाताहरुसँगको सहयोगमा स्वयम्भू चैत्य परिसरमा रहेको पुजारीहरुको घरलाई एकीकृत आवास विकास (हाउस पुलिङ्) गरिएको छ । यसमा करिव १५ करोड रुपैयाँ खर्च लागेको छ । 


भगवान पाउमा सम्यक महादान स्थल कमलपोखरी (पलेस्वाँ पुखु) पुननिर्माण र यससँगै रहेको जग्गामा धर्मचक्र पार्क निर्माण गरिएको छ ।


लखतीर्थ सुधार गुरुयोजना कार्यान्वयन भइरहेको छ । शोभा भगवती मन्दिर पुननिर्माण तथा विजेश्वरी मन्दिर र विष्णुमती लिङ्करोडमा रहेको विष्णु मन्दिर संरक्षण गरिएको छ ।


वडाले ८३.५ रोपनी जग्गा संरक्षण गरेको छ । यसरी संरक्षण गरिएको जग्गामा पार्क बनाइएको छ । यसरी पार्क बनाउँदा संघीय संसद र प्रदेश सभा सदस्यहरुबाट सहकार्य गरिएको छ ।


कोविड रोकथाम तथा व्यवस्थापन गर्ने क्रममा वडाले ४ हजार ५ सय व्यक्तिलाई श्रममा आधारित राहत वितरण ग¥यो । त्यस्तै बन्दाबन्दीका अवधिमा ३० दिन वडाका ५ ठाउँबाट करिब ६० हजार व्यक्तिलाई निःशुल्क खाना वितरण गर्‍यो । 


यस्तै ५ सय जना अशक्त, असहाय, अपाङ्ग, ज्येष्ठ नागरिकलाई कम्बल, ज्याकेट तथा टोपीलगायत सामग्री वितरण ग¥यो । यसरी सहायता वितरण गर्दा दाताहरुबाट समेत सहयोग लिएको थियो ।


वडालाई उज्यालो बनाउन १२ वाटदेखि १ सय वाटसम्मका एलइडी बत्ती जडान गरियो । यस क्रममा पहिलो बर्ष ५ सय ४२ वटा, दोस्रो बर्ष ६ सय ८४ वटा, तेस्रो बर्ष १ हजार ६५७ वटा, चौथो बर्ष १ हजार २८४ र चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा १ हजार २७५ थान सडक बत्ती जडान भए ।


आ. व. २०७३/०७४ मा २ करोड १७ लाख १५ हजार ४ रुपैयाँ राजस्व संकलन गरेको वडाले २०७४/र०७५ मा ३ करोड २९ लाख ३७ हजार २०७ रुपैयाँ, आ.ब. २०७५/०७६ मा ४ करोड ७७ लाख ८७ हजार ८७२ रुपैयाँ संकलन गरियो । 


यसै गरी २०७६/०७७ मा ५ करोड ३४ लाख ४७ हजार ५६३ रुपैयाँ, आ. व. २०७७/०७८ मा ८ करोड ८५ लाख ३२ हजार ७२७ रुपैयाँ र चालु आर्थिक बर्ष २०७८/०७९ को फागुन मसान्तसम्ममा ५ करोड ४७ लाख ८८ हजार ३३६ रुपैयाँ संकलन गरेको छ ।
राजनीतिक दलका प्रतिनिधि, स्थानीय टोल सुधार समिति, उपभोक्ता समिति, क्लव तथा संघसंस्थाका प्रतिनिधि भेला गरेर वडा अध्यक्ष डंगोलले  विवरण सार्वजनिक गरेका थिए ।

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika