काठमाडौं । काठमाडौं उपत्यकाको फोहर दीर्घकालिन व्यवस्थापनको लागि काठमाडौं महानगर प्रवक्ता ईश्वरमान डंगोलको टोलीले बञ्चरे डाँडाको स्थलगत अवलोकन गरेका छन ।
बञ्चरेडाँडाको अवलोकनको प्रवक्ता डंगालले पूर्वाधारको विषयमा सम्बन्धीत पक्षलाई जतिसक्दो चाँडो सक्न अनुरोध गरेका छन । हाल फोहर व्यवस्थापन सिसडोलमा भईरहेकोले बञ्चरे डाँडा ल्याण्डफिल तयार नहुन्जेलसम्म यहाँको व्यवस्थापनमा ध्यान दिने बताए ।
उनले फोहर व्यवस्थापनको विषयमा आफुहरु गम्भिर भएको र स्थानीयसँग छफलफल गर्ने बताए ।
महानगरको वातावरण व्यवस्थापन समितिका पदाधिकारीसहितको सो टोलीले मंगलावर फोहर व्यवस्थापनको लागि आवश्यक तयारी के कसरी भईरहेको छ भन्ने बारे अवलोकन गरेका थिए ।
उपत्यकाबाट उत्पादन भएको फोहोर ढुवानी, ल्याण्डफिल्ड साइटमा पु¥याउँदाको अवस्था, साइटको व्यवस्थापन, पूर्वाधार, उपकरण र जनशक्ति परिचालनसँगै फोहोरबाट स्थानीयमा परेको प्रभावका बिषय हेरिएका थिए ।
त्यस्तै दीर्घकालीन ल्याण्डफिल्ड बञ्चरेडाँडाको पूर्वाधार, त्यहाँसम्म पुग्ने सडक निर्माणमा भएको प्रगति, सिसडोलस्थित साइटको ल्याण्ड स्केपिङ् लगायतका विषयमा चर्चा गरिएको थियो ।
हाल बञ्चरे डाँडामा पुग्ने सडक, साईट निर्माणको माटो, बर्खा मौसममा हुने स्थलगत समस्या र उपायहरु बारे अधिकारीहरुले छलफल गरेका थिए ।
स्थलगत अवलोकनका लागि वातावरण विभाग समितिका संयोजक एवं वडा १२ का अध्यक्ष बिकास डंगोल, समितिका सदस्य एवं वडा ४ का अध्यक्ष मोहनबहादुर बिष्ट, वडा २६ का अध्यक्ष ख्यामराज तिवारी सिसडोल पुगेका थिए ।
Categorized in समाज