२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

महानगर प्रमुख शाक्यले ‘बागमती दोभान’ र ‘अमरावती’ पार्कको शिलान्यास गरे


प्रकाशित: सोमवार, ८ कातिक २०७८, १७ः३० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले सोमवार महानगरको वडा ३२ मा े ‘बागमती दोभान’ र ‘अमरावती’ पार्कको शिलान्यास गरेका छन । 


शिलान्यास कार्यक्रमलाई शिलान्यास गर्दै प्रमुख शाक्यले भने,‘महानगर सस्तो नभइ गुणस्तरीय काम गर्छ । लागत इष्टिमेटभन्दा ३० प्रतिशत ४० प्रतिशत कममा योजना कार्यान्वयनको कबोल गर्ने पद्धतिले काम हुन्छ तर टिकाउ हुँदैन । हाम्रो कानुनले कम लागतमा कवोल गर्नेलाई छान्नुपर्ने व्यवस्था गरेको छ । यसले गर्दा विकास सिकारुहरुले प्रयोग गर्ने ठाउँ बनेको छ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘गुणस्तरीय कामका लागि उसको क्षमता मुल्याङ्कनको पहिलो शर्त हो ।’


महानगरले सार्वजनिक जग्गामा पार्क बनाउने नीति लिए अनुरुप पार्क निर्माण भईरहेकोले स्थानीय सहभागिताले मात्र कार्यान्वयनमा आउने प्रमुख शाक्यले सो अवसरमा आफ्नो भनाई राखे । 


अमरावती पार्क उपभोक्ता समितिका अध्यक्ष सरोज नेपालले पार्क निर्माणको निगरानी गर्न समितिकातर्फबाट २ जना इञ्जिनियर र २ जना सामाजिक परिचालकलाई नियमित खटाउने योजना सुनाए । 


त्यसैगरी बागमती दोभान विकास समितिका अध्यक्ष चेतबहादुर थापाले, पार्कको निर्माण सम्पन्न भइसकेपछि दोभान क्षेत्रको सुन्दरतामा निखार आउने अपेक्षा गरे । 


त्यसैगरी दोभान पार्क करीव ११ आना जमिनमा निर्माण हुँदैछ । १ करोड ११ लाख ७१ हजार ६४९ रुपैयाँ लागत इष्टिमेट गरिएको पार्क निर्माणका लागि यगन विल्डर्स प्रा. लि. ले ६७ लाख ४०९ रुपैयाँ ३५ पैसाका निर्माण कबोल गरेर छनौट भएको छ । भदौ २९ गते काम गर्न अनुमति दिइएको योजना ०७९ असार १५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।


अमरावती पार्क करीव ४ रोपनी क्षेत्रफलमा निर्माण हुँदैछ । महानगरले यसको निर्माणका लागि १ करोड ३६ लाख ४६ हजार ७९७ रुपैयाँ इष्टिमेट गरेको थियो । बोलपत्रमा प्रतिस्पर्धा हुँदा के। वि। सन्स एण्ड सप्लायर्स प्रा। लि। ले ८९ लाख ८२ हजार १७७ रुपैयाँमा निर्माण कवोल गरेर छनौट भयो । ०७८ असोज १० गते निर्माण कार्यका लागि महानगर र निर्माण पक्षविच सम्झौता भएको हो । काम ०७८ चैत मसान्तभित्र सक्नु पर्नेछ ।


सो अवसरमा बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली वडाध्यक्ष नवराज पराजुलीसहित कार्यपालिका सदस्य, वडा सदस्य र स्थानीयहरु सहभागी रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex