४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

महानगर प्रमुख शाक्यले सार्वजनिक गरे साढे ४ बर्षको कार्य प्रगति 


प्रकाशित: आईतवार, २६ मंसिर २०७८, २०ः३० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आफ्ना कार्यकालमा भएका कार्य प्रगतिबारे बताएका छन । 


आईतवार २७ औं महानगर दिवशको अवसरमा आयोजित पत्रकार भेटघाटमा कार्य प्रगतिबारे संक्षिप्त रुपमा उल्लेख गरेका छन । 


प्रमुख शाक्यले महानगरभित्र १ सय ९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे गरेको जानकारी दिए । १४ दशमलव ६८ किलोमिटर सडक ढलान भएको, १० दशमलव ७९ किलोमिटर सडकमा ब्लक छापिएको सुनाए । 


‘मेरो कार्यकालमा ४ सय ८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ भने २ सय २६ दशमलव ४ किलोमिटर सडक मर्मत र १८ दशमलव ३४ किलोमिटर ढल निर्माण गरिएको छ ।’ शाक्यले भने । 


अहिले महानगरभित्र करिब १७ वटा नयाँ पार्क निर्माण गरिएको छ भने ५३ वटा निर्माण सम्पन्न हुने चरणमा छन । महानगरमा ४ वटा आकाशे पुल निर्माण भएका छन, ११ वटा खोला नदी पैदल यात्रु पुल निर्माण भएका छन ।


वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी ६ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न भएको छ भने वडा नं. २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ गरी १० वटा वडा कार्वालयहरु निर्माणाधीन अवस्थामा छन । वडा नं. ५, ६, ७, १०, ११, १५, २३ र ३२ गरी ८ वटा वडाहरुको स्तरोन्नति गरिएको छ । 


स्वास्थ्य क्षेत्रमा डाक्टरसहित ५ हजार ७ सय ७१ जना ज्येष्ठ नागरिकको घरमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको, ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा सुरु गरिएको पनि प्रमुख शाक्यले बताए । 


वडा २, ९, ११, २०, २१, २२ र ३० गरी ७ वटा वडामा नयाँ स्वास्थ्य क्लिनिक स्थापना गरी महानगरपालिकाको सबै वडाहरुमा स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याईएको छ । वीरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डाइलासिस सेवा सुरु गरिएको छ । 


त्यसैगरी कोभिड महामारीको उपचारका लागि ९ वटा सरकारी र सामुदायिक अस्पताललाई करिब ११ करोड ६० लाख रुपैयाँ बराबरका ४६ थान भेन्टिलेटरसहित सामग्री तथा उपकरण प्रदान गरिएको छ ।


विषेशज्ञ स्वास्थ्य सेवा र महामारी नियन्त्रणका विषयमा कुरा गर्दै उहाँले छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी आयुर्वेद अस्पतालयमा कोविड विशेष अस्पताल र राधास्वामी आइसोलेसन केन्द्र स्थापना गरेर कोविडका विरामीको उपचार गरिएको छ । 
३ लाख ७९ हजार ४३ महिला र ३ लाख ८९ हजार ६१७ पुरुष गरी ७ लाख ६८ हजार ६६६ जनालाई कोविड विरुद्धको खोप दिइ सकिएको छ । 


त्रि. वि शिक्षण अस्पताललाई सिटी स्क्यान मेसिन र १० वटा भेन्टिलेटर मेसिन खरिद गर्न सहयोग गरिएको छ भने वीरेन्द्र सैनिक अस्पताललाई डाइलासिस मेसिन खरिद, सहिद गंगालाल ह्रदय केन्द्रलाई अक्सिजन प्लान्ट खरिद गर्न सहयोग गरिएको छ । 


रगतका तत्व छुट््याउने मेसिन किन्न कान्ति बाल अस्पताललाई र जलेका विरामीको उपचारमा आवश्यक पर्ने उपकरण खरिदका लागि कीर्तिपुर अस्पताललाई र अक्सिजन प्लान्ट स्थापना गर्न मनमोहन अस्पताल, दक्षिणकालीलाई सहयोग गरिएको छ ।
स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौँ कार्यक्रमअन्तर्गत मिर्गौला बचाउ अभियान चलाइएको प्रमुख शाक्यले पत्रकार भेटघाटमा बताए । 


वडा ६ बौद्ध रामहिटीमा नयाँ महानगर वारुणयन्त्र भवन निर्माण गरी सञ्चालनमा ल्याइसकिएको छ । वडा नं. ३ महाराजगञ्ज बाँसबारीमा महानगर वारुणयन्त्र भवन निर्माणाधीन छ । 


महानगर भित्रका ९२ वटै सामुदायिक विद्यालयमा एउटै प्रकारको पहेँलो रङ्ग लगाएर भित्तामा चित्र तथा महावाणी लेखन भएको छ । शाक्यले भन्नुभयो, नेपालभाषा एकेडेमीसँगको सहकार्यमा ‘नेपालभाषा ज्ञान कोष’ प्रकाशनको चरणमा पुगेको छ ।


काठमाडौंको सम्पदा र जीवनशैली झल्किने कलात्मक चित्रहरूको पुस्तक प्रकाशनमा ल्याइएको छ । मौलिक र परम्परागत बाजागाजा संरक्षणका लागि गुठीहरुलाई सहयोग गरिएको छ । 


स्थानीय तहमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्राप्त भएपछि विद्यालय सञ्चालन व्यवस्थापनका लागि ऐन जारी गरिएको छ । सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा स्थानीय विषयका रुपमा नेपालभाषाको पाठ््यक्रम ‘येँ देय् म्हसीके’ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । एक वडा एक नमूना विद्यालय, एक वडा एक सार्वजनिक शौचालय निर्माण गर्ने कार्यक्रम अघि बढाएको छ ।


शाक्यले आफ्नो कार्यकालमा महानगरपालिकाको आन्तरिक स्रोतबाट महानगरका करिब १२ हजार बरिष्ठ ज्येष्ठ नागरिक बार्षिक १२ हजार रुपैयाँ भत्ता वितरण हुँदै आएको बताउँदै शाक्यले पूर्ण अपाङ्गहरुलाई मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउने गरिएको जानकारी दिएका छन । 


खेलकुद क्षेत्र विकासको लागि ‘आर्थिक बर्ष २०७५/०७६ देखि ए डिभिजनका फुटबल क्लबलाई बार्षिक १० लाख रुपैयाँ, बी डिभिजनका फुटबल क्लबलाई ३ लाख रुपैयाँ र सी डिभिजनका फुटबल क्लबहरुलाई बार्षिक २ लाख प्रदान गरिँदै आएको छ ।


‘१९९७ सालमा सहादत प्राप्त गर्ने ४ सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ, नेपाल सम्बतका प्रवर्धक तथा राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको पूर्ण कदको शालिक निर्माण गरिएको छ । 


तारादेवी स्मृति फाउन्डेसन, नातिकाजी स्मृति प्रतिष्ठान, प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानलाई २० लाखका दरले सहयोग प्रदान गरिएको छ ।


अहिलेसम्म २७ वटा ऐन, ५ वटा नियम, ४ वटा निर्देशिका, २० वटा कार्यविधि, ३ वटा मापदण्ड र एउटा मार्गदर्शन÷निर्देशन गरी ६० वटा कानुन तर्जुमा गरी जारी गरिएको छ । 


‘१ लाख ३७ हजार थान मिसिल डिजिटलाइजेसन गरिएको छ । ४० वटा राजपत्र र एउटा ऐन संग्रह प्रकाशन गरिएको छ । महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडा कार्यालयहरुमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।’ शाक्यले भने । 


 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika