१३ बैशाख २०८१, बिहिबार
Header

महानगर प्रमुख शाक्यलाई पनि डेंगुको संक्रमण


प्रकाशित: शुक्रवार, १७ असोज २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दुर शाक्यलाई पनि डेंगुको संक्रमण भएको छ । 


प्रमुख शाक्यलाई डेंगुको संक्रमण देखिएपछि विहिवार त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा भर्ना गरिएको छ । 


शाक्यलाई डा. खगेन्द्रबहादुर श्रेष्ठको समूहले उपचार गरिरहेको र सामान्य ज्वरो भए तापनि रिपोर्टमा डेंगू पोजेटिभ देखिएको श्रोतले जनाएको छ ।


शाक्यको सचिवालयले अहिलेसम्म आधिकारिक रुपमा शाक्यको स्वास्थ्य बारे कुनै जानकारी सार्वजनिक भने गरेको छैन । 


यस अघि काठमाडौंको लगन टोलमै डेंगुको संक्रमणबाट एक बृद्ध महिलाको मृत्यु भएको थियो । 


केही समय अघि काठमाडौंको टेकु हस्पतालमा डेंगु जाँचको लागि सर्वसाधरणको घुईचो लाग्ने गरेको पाईएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD