१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

महानगर प्रमुख शाक्यबाट ‘ज्यापु देय् छेँ’ को शिलान्यास 


प्रकाशित: शनिवार, १२ चैत्र २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले ज्यापू महागुथि नेपाःको भवन ‘ज्यापु देय् छेँ’ को शिलान्यास गरेका छन । 


शुक्रबार काठमाडौँ महानगरको वडा १५ विजेश्वरीमा निर्माण हुन लागेको सो भवन काठमाडौँका आदिवासी ज्यापू जातिको संगठनको हो ।


शिलान्यास समारोहमा प्रमुख शाक्यले ज्यापु समुदायको महत्वबारे चर्चा गरेका थिए । 


उनले भने,‘ज्यापू जातिले वजाउने धिमे बाजा आज ज्यापू जातिको मात्र नभइ सिंगो राष्ट्रकै सम्पत्ति भइसकेको छ । परम्परागत टोलहरुले सञ्चालन गर्दै आएका जात्रापर्व पनि राष्ट्रिय पर्वको रपमा परिचित हुँदै गएका छन । यी राष्ट्रिय गतिविधि सञ्चालन गर्ने ठाउँ भने जीर्ण र जोखिमपूर्ण छन् । मैले पहिले नै महसुस गरेको थिएँ । आज शिलान्यास गर्ने समय जु¥यो ।’


साढे ३ आना जग्गामा निर्माण हुने भवनका लागि महानगरले २ करोड रुपैयाँ अनुदान सहयोग गर्नेछ । भवन ५ तले हुनेछ । 


महागुथिका महासचिव मचाराजा महर्जनका अनुसार भवनमा परम्परागत बाद्य तथा नृत्य प्रशिक्षण, बैठक, बाजागाजा राख्ने कक्ष, सभा कक्ष, महागुथिको परम्परागत सामग्रीहरु प्रदर्शनी कक्षलगायत ठाउ हुनेछन । 


सो अवसरमा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले परम्परागत जात्रापर्वसँग सम्बन्धित कामका लागि अक्षय कोष निर्माण गर्दै जानु पर्नेमा जोग दिए । 


ज्यापू महागुथि नेपाःका अध्यक्ष लोक कवि राजभाइ जकमिले चमति जग्गा एकीकरण आयोजनाभित्र बोलपत्रको माध्यमबाट जग्गा खरिद भएपछि भवन निर्माणको सपना पूरा हुने चरणमा पुगेको जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex