काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले मिनभवन सेवा सदन (क्रियापुत्री भवन) को उद्घाटन गरेका छन ।
मंगलवार विहान प्रमुख शाक्यसहित प्रदेश सभा सदस्य गणेश दुलाल, वडा अध्यक्ष नारायण भण्डारी लगयातले संयुक्त रुपमा सो भवनको उद्घाटन गरेका हुन ।

काठमाडौँ महानगरपालिका वडा ३१ मीनभवन मार्गमा निर्माण भएको सो भवन संघ, प्रदेश, स्थानीय तह र स्थानीयबासीको संयुक्त लगानीमा निर्माण भएको हो ।
भवन समुउद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गदैं प्रमुख शाक्यले भने,‘किरियापुत्री भवन दुःख व्यवस्थापनमा साथ दिने ठाउँ हो । यस प्रकारका ठाउँको सञ्चालन र व्यवस्थापनमा ंसंवेदनशील हुनुपर्छ ।’
‘व्यक्ति मरिसकेपछि उसका गुण खोज्न थालिन्छ । यदि कोही गुणी छ । प्रतिभाशाली छ । योग्य छ । क्षमतावान छ भने यसको क्षमतालाई ऊ जीवितै भएका बेला सम्मान गरौँ । मृत्युपश्चात गरिने प्रशंशाभन्दा मृत्यु अघि नै गरिएको सम्मान धेरै प्रभावकारी हुन्छ ।’ शाक्यले भने ।
१३ आना जग्गाभित्रको करिव ५ आना जमिनमा ३ तले भवन निर्माण भएको भवन निर्माणका लागि संघीय संसद सदस्य प्रकाशमान सिंह, प्रदेश सभा सदस्य गणेश दुलाल, पूर्व संसद सदस्य राधेश्याम अधिकारी, संविधान सभा सदस्य कल्याणी रिजाल र सावित्रा भुषाल, पूर्व संसद कृष्णा अमात्यले संसद कार्यक्रमअन्तर्गत सहयोग गर्नुभएको छ ।
यसै गरी स्थानीय सामाजिक संघ संस्था र व्यक्तिगत रुपमा दाताहरुले चन्दा दिएका छन । भवनमा आवश्यक पर्ने फर्निचर, भाडाकुँडा, लत्ताकपडा, ग्याँस, हिटर, चुलो लगायतक करिब १६ लाख रुपैयाँ बराबरका भौतिक सामग्री महानगरले उपलब्ध गराएको छ ।
एक करोड १७ लाख ५१ हजार १४५ रुपियाँ ५६ पैसा लागतमा सो भवन निर्माण भएको हो ।
सो अवसरमा प्रदेश सभा सदस्य गणेश दुलालले सामुदायिक भवन वहुउपयोगी भएकोले यसको व्यवस्थापन पनि त्यसैबमोजिम गरिने धारणा राखे ।
त्यस्तै पूर्व संसद कल्याणी रिजालले चुनावको प्रतिस्पर्धा भए पनि विकास निर्माण तथा सार्वजनिक महत्वका सेवामा सहकार्य हुनुपर्ने बताए ।
विडाध्यक्ष नारायण भण्डारीले, भवन प्रयोग गर्दा यही संवेदनशीलता अपनाउनु पर्ने बताए । कार्यक्रममा सेवा सदनका अध्यक्ष रामकृष्ण थापा मगरले यो सिकाइ प्रवर्धन योग्य भएको धारणा राखे ।
Categorized in समाज