१४ बैशाख २०८१, शुक्रबार
Header

महानगर प्रमुख शाक्यद्वारा हेमोडाईलासिस सेवाको शुभारम्भ


प्रकाशित: बुधवार, ८ माघ २०७६, २०ः४५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बीरेन्द्र अस्पताल छाउनीबाट मृगौला रोगीको हेमोडाईलासिस सेवाको शुभारम्भ गरेका छन । 


मंगलवार प्रमुख शाक्यले कामपा वडा १५ निवासी ६४ बर्षिया चन्द्रदेवी महर्जनको डाइलासिस गर्ने क्रममा उपकरण सञ्चालन गरी उक्त सोवा सुभारम्भ गरेका हुन । 


सेवा शुरु भएपछि महानगरले अबलम्बन गरेको जनस्वास्थ्य नीति तथा योजनाका बिषयमा कुरा गर्दै प्रमुख शाक्यले आफू उपचारात्मक पद्धतिसँगै प्रवर्धनात्मक स्वास्थ्य कार्यक्रम पनि अघि सारेको बताए । 


काठमाडौं महानगर र नेपाली सेनाको सहकार्यमा उक्त सेवाको सुर गरिएको हो । हेमोडाइलासिस सेवा सञ्चालन गर्न पुष २ गते नेपाली सेना र महानगरबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो । 


सम्झौताबमोजिम आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि महानगरले नेपाली सेनालाई तीन करोड रुपैयाँ उपलब्ध गराउनेछ ।


हेमोडाईलासिस सेवासँगै बीरेन्द्र अस्पताल छाउनीबाट महानगरबासी जेष्ठ नागरिकका लागि ओ.पि.डि. सेवा, आपतकालीन स्वास्थ्य सेवा बढाउँदै लगिनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD