११ बैशाख २०८१, मंगलबार
Header

महानगर प्रमुख शाक्यद्धारा ‘जनताको चुल्हो’ निरीक्षण 


प्रकाशित: शुक्रवार, १९ बैशाख २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले चःमतिको बृद्ध पार्कमा सञ्चालित ‘जनताको चुल्हो’ निरिक्षण गरेका छन । 


शुक्रवार प्रमुख शाक्यले कामपा १५ वडाको आयोजनामा सञ्चालित ‘जनताको चुल्हो’ निरीक्षणको क्रममा खानाको गुणस्तर समेत जाँच समेत गर्न भ्याए । 


लकडाउनवाट प्रभावित वनेकाहरुलाई चमति नेवाः खलः र चःमति टोल सुधार समितिको समन्वयमा बैशाख १७ गतेदेखि जनताको चुल्हो मार्फत  खाना खुवाउँने आरम्भ भईरहेको छ । 


हाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न देशभरीको बन्दाबन्दीको कारण विपन्न मजदुर परिवारहरुलाई दैनिक गुजारा गर्न गाह्रो भइरहेको अवस्थमा समस्यामा परेका नागरिकलाई खाना खुवाउने कार्यलाइ जनताको चुल्हो नामाकरण गरिएको हो । 


भुइखेल चौरमा चैतको २९ गतेदेखि कामपा १५ वडाले खाना खुवाउने व्यवस्था गरिआएको छ । वडाबाट खाना खुवाउने कार्यलाई अझ सहजरुपमा सबैले खाना पाओस् भन्ने उद्देश्यले बैशाख १७ गते मंगलबारदेखि चःमति र जन गल्लीमा र बैशाख १८ गतेदेखि बुद्ध पार्कमा स्थानीय टोलसुधार समिति मार्फत जनताको चुल्हो मार्फत खाना खुवाउने कार्य भईरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD