५ भाद्र २०८३, शुक्रबार
Header

महानगर प्रमुख शाक्यद्धारा वडा २६ को भवन शिलान्यास


प्रकाशित: शुक्रवार, ४ माघ २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विहिवार कामपा वडा २६ लैनचौरस्थित भवनको शिलान्यास गरेको छ । 


महानगर प्रमुख शाक्यले नागरिकको सुविधालाई ध्यानमा राखी भवन निर्माण कार्यलाई प्राथमिकतामा राखेको र आफ्नो कार्यकालमा सबै वडाको आफ्नै भवन हुने बताए । 


कार्यक्रममा उपस्थित प्रदेश सभा सदस्य जीवन डंगोलले महानगरलाई व्यवस्थित बनाउन महानगरको नेतृत्वमा प्रदेश सभाले गर्ने सहयोगका लागि आफू प्रतिवद्ध व्यक्त गरेका थिए ।


त्यसैगरी महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले समयमै वडा भवन निर्माण हुने विश्वास व्यक्ति गरे । भवन निर्माणमा सबै पक्षको सहयोग आवश्यक भएको बताए । 


वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले नमुना वडाको रुपमा विकास गर्ने र अवको एक बर्षभित्र  एक बर्षभित्रै सुविधा सम्पन्न भवनबाट सेवा दिनेमा प्रतिवद्धता व्यक्त गरे । 


शिलान्यास समारोहमा वडा १ अध्यक्ष भरतलाल श्रेष्ठ, वडा ३ का अध्यक्ष दीपक के. सी र १६ का अध्यक्ष मुकुन्द रिजाललगायतको सहभागिता रहेको थियो । 


६ करोड ४९ लाख १९ हजार ५२६ रुपैयाँ ४९ पैसा भएकोमा प्रतिस्पर्धाबाट के एण्ड के जेभिले करीब ५ करोड रुपैयाँ कबोलमा जिम्मेवारी पाएको छ ।  


करीब ८ आना क्षेत्रफलमा बन्ने साढे ३ तले भवनभित्र ९२०० स्क्वायर फिट ठाउँ हुनेछ । यसको डिजाइन इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले गरेको हो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex