१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

महानगर प्रमुख शाक्यद्धारा मदन भण्डारी कलेज भवनको शिलान्यास


प्रकाशित: सोमवार, २७ मंसिर २०७८, १८ः२० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले मदन भण्डारी कलेज भवनको शिलान्यास गरेका छन । 


सोमवार महानगरको वडा १० देवीनगरमा कलेज परिसरमा नयाँ भवन निर्माणका लागि प्रदेश सभा सदस्य दीपक निरौलासहित अधिकारीहरुको उपस्थितीमा प्रमुख शाक्यले शिलान्यास गरेका हुन ।  


सो अवसरमा प्रमुख शाक्यले शैक्षिक गुणस्तर सुधारका लागि महानगरले लगानी बढाएको र महानगर आफैँले दायित्व निर्वाह गर्नु पर्ने, संघ र प्रदेश सरकारका शैक्षिक संस्था र सामुदायिक शैक्षिक संस्थाहरुलाई आवश्यकताका आधारमा सहयोग गरेको बताए । 


सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाका अनुसार चालुृ आर्थिक बर्षमा कार्यक्रम सकिने गरी महानगरले ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्नेछ । 


कलेजका अनुसार भवन निर्माणको लागत १० करोड रुपैयाँ हो । यो यसै बर्षको असार मसान्तभित्र निर्माण सम्पन्न हुनेछ ।


तस्वीरः चन्द्रमणी भट्टराई

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex