४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

महानगर प्रमुख शाक्यद्धारा फोहर व्यवस्थापन प्रविधिको परिक्षण


प्रकाशित: शुक्रवार, ३ फागुन २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले फोहर व्यवस्थापन प्रविधिको परिक्षण गरेको छ । 


शुक्रवार इरमा इन्टरनेशनलका तर्फबाट प्रस्ताव गरिएको ‘वेस्ट टु वेल्थ’ (फोहोरलाई नबाली, धुबाँ ननिकालि खरानी बनाउने) प्रबिधिका बिषयमा  मेयर शाक्यले जानकारी लिएका थिए ।  


प्रविधिको विषयमा मेयर शाक्यले काठमाडौैको फोहोर व्यवस्थापनका लागि संघ सरकारकातर्फबाट लगानी बोर्डले पनि काम गरिरहेको बताउँदै सरकार र साझेदार सबैसँग छलफल गरेर उपयुक्त प्रबिधि परीक्षण गर्ने जानकारी दिए ।

 
प्रविधिका अविष्कारक जापानका ८२ बर्षिय यामाजी मासामुरा र इरमा इन्टरनेशनलका निर्देशक प्रभाकर शाहसहितको टोलीसँगको भेटमा फोहर व्यवस्थापन परिक्षणको विषयमा छलफल भएको थियो । 


 ‘वेस्ट टु वेल्थ’ का अविष्कारक मासामुराले २००२ मा यसको आविष्कार गरेका थिए । यसको विशेषता भनेको ३६० डिग्रीको क्यामरा, स्टेडियममा राखिने एलइडि बोर्ड प्रबिधि हो । 


इरमाका निर्देशक शाहका अनुसार ‘वेस्ट टु वेल्थ’ जापानका ३१ वटा स्थानमा जडान गरिएका छन । यसमा फरक फरक क्षमता छन । कम क्षमतामा प्रतिघण्टा १ मेट्रिक टन र बढी क्षमतामा ४ मेट्रिक टन प्रतिघण्टा फोहोर व्यवस्थापन हुन सक्छ । 


मेसिनमा दुईबटा ढोका हुन्छन । एउटा ढोकाबाट फोहोर राखिन्छ भने अर्को ढोकाभित्र रहेको बर्नरमा आगो सल्काइन्छ । आगो फोहोर बाल्नका लागि सल्काइने भने होइन, यो सल्किएपछि सिएलजि ग्याँस उत्पादन हुन थाल्छ । 


त्यसबाट उत्पन्न तापले भोल्कानो प्रणाली अबस्था सृजना गर्छ । यसको तलपट्टि ३०० डिग्री, बीचमा ५०० डिग्री र माथिल्लो भागका ८०० डिग्री ताप हुन्छ । यही तापले फोहोरलाई खरानी बनाउँछ । 


मेयरसँगको छलफलमा प्रवक्ता ईश्वरमा डंगोल, वातावरण व्यवस्थापन बिभाग, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकारी सहभागी भएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex