५ भाद्र २०८३, शुक्रबार
Header

महानगर प्रमुख शाक्यद्धारा चावहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास


प्रकाशित: आईतवार, ९ माघ २०७८, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले चावहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका छन । 


आईतवार प्रमुख शाक्यले सार्न मिल्ने खालका  कामपा ७ वडाको चावहिल चोक र मित्रपार्कमा सार्न मिल्ने पुलको शिलान्यास गरेका हुन । 


सो अवसरमा प्रमुख शाक्यले महानगरभित्रका क्षेत्रमा हुने भिडभाड र दुर्घट्नलाई ध्यानमा दिदै पुल निर्माणको अभियानलाई अघि बढाएको जानकारी दिए । 


प्रमुख शाक्यले भने,‘स्थानीयको माग अनुसार चावहिल चोकमा यस अघि पनि आकाशे पुल निर्माण सम्पन्न भएको छ । त्यो पुल निर्माणपछि अहिले फेरि चक्रपथ ओरोलोतिर थप एउटा पुलको माग भएपछि महानगरपालिकाले आज यो पुलको शिलान्यास गरेको हो ।’


पुल शिलान्यास कार्यक्रममा वडा–७ का अध्यक्ष शुद्ध डंगोल, काठमाडौं महानगरपालिका भौतिक पूर्वाधार विभागका प्रमुख राम थापा, काठमाडौं महानगरपालिकाका इञ्जिनियर प्रेमकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।  


चावहिल र मित्रपार्कमा बन्न लागेका दुई पुलको लागत भ्याटसहित १ करोड ३० लाख ४२ हजार रहेको छ । उक्त पुल चावहिल चोकमा ३३ मिटर लम्बाइ र २ मिटर चौडाइ र  मित्रपार्कमा १६ मिटर लम्बाइ र २ मिटर चौडाइको हुने छ । 


अहिलेसम्म माइतीघर चोक, चावहिल चोक र डल्लुमा यस्ताखाले पुल निर्माण भईसकेको र अगामी दिनमा जयबागेश्वरी र विजयश्वरीमा पनि निर्माण प्रक्रिया अघि बढाईएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex