काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यसहितको एक टोलीले काठमाडौमा रहेका मस्जिदहरुको अनुगमन गरेका छन ।
काठमाडौका मस्जिदहरुभित्र पनि जमातीहरु हुन सक्ने आशंकामा मंगलवार घण्टाघरस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद, सुन्धारा र स्वयंभूस्थित भुईखेलको मस्जिदहरु अनुगमन गरिएको हो ।
महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारी, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी, संसद चाँद तारा, प्रहरी नायब महानिरीक्षक बिश्वराज पोखरेल, पूर्वराज्यमन्त्री जाकिर हुसेनसहितको टोलीले अनुगमन गरेका थिए ।
अनुगमन पछि उक्त मस्जिदहरु सुनासन रहेको र सामूहिक रुपमा नवाज नपढेको अनुगमन टोलीले पाएको छ । उदयपुर जिल्लामा मस्जिदभित्र समूहमा धर्मावलम्बी रहेका र उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको खबरहरु वाहिर आएपछि आज थालेपछि प्रमुख शाक्यले काठमाडौंभित्र भएका मस्जिदहरुको अनुगमन गरेका हुन ।
प्रमुख शाक्यले अहिलेको महामारी नियन्त्रणमा सबै धार्मिक अगुवाहरुको महत्वपूर्ण भूमिका रहने बताउँदै धार्मिकस्थलको नियमित पूजा बिधि गर्न तर जनसाधारणलाई धार्मिक स्थलमा नआउन आग्रह गरेका थिए ।
मुस्लिम समुदायका अगुवाहरु बर्तमान परिवेश व्यवस्थापनका लागि संवेदनशील भएको आफूले पाएको र काठमाडौं थप सुरक्षित भएको महसुस गरेको अनुगमनपछि प्रमुख शाक्यको भनाई रहेको छ ।
यसैगरी सुन्धारा, ठमेल, इन्द्रचोक, कालीमाटी, नयाँबजार, चोभार, बुढानिलकण्ठमा साना—साना मस्जिद रहेका भने भक्तपुरमा २ वटा र ललितपुरको गोदावरीमा पनि मस्जिद छ ।
Categorized in राष्ट्रिय