काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं टेकुमा ओन्दे त्वाःफाल्चाको उद्घाटन गरेका छन ।
आईतवार विहान एक कार्यक्रम विच प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले संयुक्त रुपमा पुजा गरी फल्चाको उद्घाटन गरेका हुन ।
ओन्देको सरस्वती निकेतन माध्यमिक विद्यालय नजिकको सडकम छेउमा रहेको सो फल्चा महानगरको सम्पदा विभागको आर्थिक अनुदान सम्पन्न भएको हो ।
परम्परागत ओन्दे त्वाःगुठी खलःको संरक्षणमा रहेको सो फल्चाको क्षेत्रफल २७१.५७ वर्ग स्कायर रहेको छ ।
सो अवसरमा कापपा १२ वडा अध्यक्ष विकास डंगोल, स्थानीय जनप्रतितिनिधि, टोल, विभिन्न संघ, संस्थाहरुको उपस्थिती रहेको थियो ।
Categorized in सम्पदा/संस्कृति