१३ बैशाख २०८१, बिहिबार
Header

महानगर प्रमुख र उपप्रमुख बर्ल्ड टुरिजमा भाग लिन फिनल्याण्ड प्रस्थान


प्रकाशित: सोमबार, १६ भाद्र २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठ फिनल्याण्डमा हुने बल्र्ड टुरिज समिटमा भाग लिन प्रस्थान गरेका छन । 


बर्ल्ड टुरिजम सिटिज फेडेरेसन र सिटिज अफ हेल्सिङ्कि फिनल्याण्डको संयुक्त आयोजना भदौ १६, १७ र १८ गत (सेप्टेम्बर २, ३ र ४ तारिख) ३ दिनसम्म चल्ने सो समिटमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका हुन । 


फिनल्याण्ड प्रस्थान गर्नु अघि महानगर प्रमुख शाक्यले काठमाडौं बल्र्ड टुरिजम सिटिज फेडेरेसनको सदस्य नगर भएकोले निमन्त्रणा स्वीकार गरेर उपमेयरसहित म दुवै जना सम्मेलनमा जान लागेको बताए । 


‘काठमाडौं संघीय नेपालको केन्द्रीय राजधानी सहर भएकोले हामी नेपाल आउने सबै पर्यटकलाई आबास र घुमफिरको क्षमता राख्छौं । त्यसका लागि केही अन्तरराष्ट्रिय ज्ञान, सीप र सिकाइ बुझ्ने अवसरलाई लाभमा रुपान्तरण गर्न म सम्मेलनमा जाँदैछु ।‘ शाक्यले भने । 


त्यसैगरी उपप्रमुख हरिप्रभा खड्गीले भ्रमण अवलोकनले बुझाइलाई फराकिलो बनाउने भएकोले, सम्मेलनमा देखेका, सुनेका र बुझेका कुराबाट काठमाडौंलाई लाभ पुग्ने बताउँदै फराकिलो दृष्टि हुने जनप्रतिनिधिले वृहत्तर कार्यक्रमका लागि नीति तयार गर्न सकिने बताए । 


‘स्मार्ट टुरिजम—रोड टु सिटि इनोभेसन एण्ड डिभलपमेन्ट’ बिषयमा शुरु भएको सम्मेलनमा कार्यपत्र प्रस्तुति, समूहगत छलफल, बिषयगत मञ्च सञ्चालन, अनुसन्धानमुलक परिणाम सार्वजनिक, ट्रेड फेयर, प्रदर्शनीलगायतका सत्र सञ्चालन हुनेछन । 


मेयर शाक्यले सम्मेलनमा ‘कल्चरल हेरिटेज एण्ड क्रिएटिभ इण्डष्ट्रि’ बिषयक प्यानल डिस्कसनमा प्यानलिष्टका रुपमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ । 


प्रमुख र उप्रमुख सम्मेलन सकेर उहाँहरु भदौ २० गते शुक्रबार (सेप्टेम्बर ६) तारिखमा नेपाल फर्कने कार्यक्रम रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD