७ बैशाख २०८१, शुक्रबार
Header

महानगर प्रमुख र उपप्रमुखलाई बसन्तपुर डवलीमा नागरिक अभिनन्दन गरिने 


प्रकाशित: विहिवार, १९ चैत्र २०७७, १०ः०० बजे
- अजय खड्गी

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौ शाखाको बुधवार छैठौ साधारणसभा सम्पन्न भएको छ । 


शाखाको साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका सभापति समेत रहेका दबूका अध्यक्ष अर्विन्द्रमान सिंले चैत्र २४ गते काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठलाई नागरिक अभिनन्दन गरिने बताएको छ । 


महानगरको विद्यालयहरुमा स्थानीय भाषा (नेपालभाषा) पाठ्यक्रम लागु गरी भाषाको संरक्षण, सम्बद्र्धन, विकासमा महत्वपूर्ण योगदान दिएको कारण प्रमुख, उपप्रमुख लगायतलाई वसन्तपुरमा सम्मान गर्न लागेको अध्यक्ष सिंले जानकारी दिए ।


सो अवसरमा उनले शाखाको वर्किङ कमिटिको कारण शाखाले पत्रकारको बृति, विकासका लागि काम गर्न सकेको भनाई राखेका थिए । दबूले सानुकाजी स्मृति फुटसल र पत्रकारिता तालिम, जेठमा स्वयम्भूमा बृत्तचित्र प्रदर्शनी र फोटो प्रदर्शनी गर्ने कार्यक्रम गरेको पनि स्मरण गराएका थिए । 


सो अवसरमा दबूका सविच रत्नकाजी महर्जनले शाखाले गत आर्थिक वर्षमा गरेका कामहरुको प्रगति तथा समिक्षिा विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष राजेन्द्र मानन्धरले गत वर्षमा गरेका कामहरु तथा आय÷व्यय आर्थिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।

 
सभाका प्रमुख अतिथी पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य, अतिथी केन्द्रीय उपाध्यक्ष रचना श्रेष्ठले शाखाले गरेको कामहरुको प्रशंसा गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD